बैशाख २८, २०८१, शुक्रबार
               

किन आफ्नो चलचित्र हेर्दिनन् स्वस्तिमा ?

नेपाल फ्ल्यास
चैत २५, २०७६

ADVERTISEMENT

नायिका स्वस्तिमा खड्का पुस्तक पढ्न भने रुचाउँदिनन् । उनलाई पुस्तक पढ्न निकै दिग्दारी लाग्छ ।

स्वस्तिमा चलचित्र हेर्न रुचाउने नायिकामा पर्छिन् । तर, आफ्नै चलचित्र भने उनले हेर्न सक्दिनन् ।

होस्टेल रिटर्न्सबाट डेब्यु गरेकी स्वस्तिमाले धेरै चलचित्रमा काम गरिसकेकी छिन् । तर, उनी आफ्नो चलचित्र आफैँ हेरेकी छैनन् ।

आखिर किन आफ्नो चलचित्र हेर्न सक्दिनन् त स्वस्तिमा ? 

यसको उत्तर उनी आफैँसँग छैन । स्वस्तिमा भन्छिन्, 'मलाई मेरो चलचित्र हेर्ने इच्छा नै हुदैँन । हेरे भने मेरो गल्ती देखेर आफैँलाई लाज होला भन्ने लागेर म चलचित्र नै हेर्दिन।

स्वस्तिमाले अहिलेसम्म पनि आफ्नो कुनै पनि चलचित्र पुरा हेरेकी छैनन् । उनले बुलबुल भने हेरेकी छिन्‍। तर, त्यो चलचित्र पनि उनले पूर्ण हेरिनन् ।

स्वस्तिमालाई सफल नायिकाको रुपमा हेर्ने गरिन्छ । उनी अभिनित चलचित्रहरु केही सफल भएका छन्, केही असफल भएका छन् । तर, उनको चर्चा भने कुनै कमी भएको छैन ।

चलचित्र बुलबुलमा काम गरेपछि झनै स्वस्तिमाको चर्चा चुलियो । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा स्वस्तिमाले अवार्ड उचालिन् । यस चलचित्रमा स्वस्तिमाको कामको निकै तारिफ भएको थियो ।

स्वस्तिमा अभिनित 'चपली हाइट ३' रिलिजको पर्खाईमा छ ।

यो पनि