बैशाख २०, २०८१, बिहीबार
               

अमेरिकन आइडलको टप २० मा पुगे दिवेश

नेपाल फ्ल्यास
चैत २४, २०७६

ADVERTISEMENT

नेपाली युवा दिवेश पोखरेलले अमेरिकन आइडलमा धमका पिटिरेहका छन् । अडिसन राउण्डदेखि अहिलेसम्म दिवेशले हरेक प्रस्तुतीमा जजबाट स्ट्यान्डिङ अवेशन पाइरहेका छन् । जजले गर्ने तारिफ पनि उस्तै छ । 

यस्तैमा दिवेशले अहिले आफूलाई टप २० मा सुरक्षित गरेका छन् । आइतबार प्रशारण भएको एपिसोडबाट उनले आफूलाई उत्कृष्ट २० मा सुरक्षित गरेका हुन् ।

‘अर्थर गन’को नामबाट परिचित दिवेशले टप २० प्रवेश गर्नको लागि बब मार्लीको गीतमा प्रस्तती दिएका थिए । हजारौ दर्शकको उपस्थितीमा उनले आफ्नो धमकेदार प्रस्तुती दिएका थिए । उनको प्रस्तुती हेर्न उनको परिवार पनि त्यहाँ उपस्थित थिए ।

टप २० छान्नको लागि जजलाई निकै सकस परेको थियो । तर, दिवेशलाई टप २० मा लग्न केही सोच्नु नपरेको जजहरुले बताएका छन् । दिवेशलाई टप २० मा छान्दै गर्दा जजले भनेका थिए, ‘तिमी उदाउँदो तारा हौ ।’

आफू टप २० मा परेकोमा दिवेश निकै खुसी छन् । आफ्नो सपनाहरु झन नजिक हुदैँ गएको उनको भनाई छ । उनले आफूलाई टप २०को लायक देखेकोमा जजहरुलाई धन्यवाद दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि