जेठ ०४, २०८१, शुक्रबार
               

जनावरलाई खाना खुवाउन ‘आयंका’को एक लाख सहयोग

नेपाल फ्ल्यास
चैत २४, २०७६

ADVERTISEMENT

कोरोनाको त्रासका कारण नेपाल पूर्ण रुपमा लकडाउन छ । मानिसहरु घर भित्रै थुनिएका छन् । जसका कारण, सडकमा जनावरहरु भोकै छन् । 

विश्वका धेरै सेलिब्रेटीहरुले यस विषयमा आवाज उठाइरहेका छन् । नेपाली अभिनेत्री वर्षा सिवाकोटीले कुकुरलाई खाना खुवाउँदै अरुलाई पनि जनावरलाई एक्लै नछाड्न अपिल गरेकी थिइन् । 

यस्तैमा, नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले ‘आयंका फाउन्डेशन’ मार्फत सडक जनावरको लागि खाना खुवाउन नगद १ लाख सहयोग गरेका छन् । एनिमल नेपाल नामक संस्था मार्फत उनीहरुले यो नगद सहयोग गरेका हुन् । 

जनावरलाई ‘एक कचौरा पानी, एक कचौरी खाना’को व्यवस्था यो संस्थाले गर्नेछ । आयंका जोडीले आफूहरुलाई जनावरको माया लागेको भन्दै उक्त सहयोग गरेको बताएका छन् । उनीहरुले अरुलाई पनि सहयोग गर्न अपिल गरेका छन् ।

यो पनि