जेठ ०४, २०८१, शुक्रबार
               

सरोजको अमेरिका मोह, कोरोना त्रासमा पनि उडे अमेरिका

नेपाल फ्ल्यास
चैत २४, २०७६

ADVERTISEMENT

अहिले विश्वभर कोरोनाको त्रास छ । चीनबाट सुरु भएको कोरोनाको संक्रमण अहिले संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढि देखिन्छ । अमेरिका अहिले सबैभन्दा खतरामा रहेको देश कहलिन्छ ।

यस्तैमा, अभिनेता सरोज खनाल अमेरिका उडेका छन् । अमेरिकाले आफ्नो नागरिकहरुलाई आफ्नो देश फर्काएको बेला सरोज पनि अमेरिका फर्किएका हुन् । 

सरोजको परिवार अमेरिकामा नै छन् । अमेरिकाको भर्जिनियामा उनको परिवार बस्दै आएका छन् । 

सरोज केही समय अगाडि नै अमेरिका जाने तयारीमा थिए । तर, कोरोनाको त्रासका कारण भएको लकडाउनको कारण सरोज रोकिएका थिए । त्यहीँ समय अमेरिकाले बोलाएपछि उनी तुरुन्तै अमेरिका फर्किएका हुन् ।

सरोज लामो समय अमेरिका बसेर नेपाल फर्किएका थिए । अहिले उनको अमेरिका मोह प्रष्ट देखिन्छ । 


कस्तो लाग्यो ?

यो पनि