जेठ ०४, २०८१, शुक्रबार
               

आँचल भन्छिन्, 'पैसाको लागि उदीपसँग बिहे गरेको हैन'

नेपाल फ्ल्यास
चैत २२, २०७६

ADVERTISEMENT

नायिका आँचल शर्माले डाक्टर उदीप श्रेष्ठसँग विवाह गरिन् । विवाहपछि आँचलमाथि धेरै प्रश्न उठाइयो । आँचलले पैसाको लागि उदीपसँग विवाह गरेको आरोप लगाउनेहरु पनि कम थिएनन । 

तर, आँचल आफूले पैसाको लागि उदीपसँग विवाह नगरेको बताउँछिन् । उनले भनेकी छिन्, 'म आफैँमा सक्षम केटी हो । मेरो परिवार पनि सक्षम परिवार नै छ । मैले कोही पैसावाल केटा छानेर विवाह गर्नुपर्ने अवस्था होइन ।'

आफूलाई उदीपको विषयमा खासै पत्‍तो नभएको र प्रेममा परेपछि मात्रै थाहा भएको बताउँछिन् । उनले भनेकी छिन्, 'मलाई उसको सम्पती कति छ के छ भन्ने विषयमा केही जानकारी थिएन । पछि मात्रै उसको बारेमा थप थाहा पाए । उ धनी हुनु मेरो लागि प्लस हो । तर, धनकै लागि मैले विवाह गरेको होइन ।'

आँचल आफू हेन्डसम केटासँग विवाह गर्ने बताउँदै आएकी थिइन् । उदीप आफूले खोजेजस्तै होन्डसम भएको उनको भनाई छ । 'मलाई उहाँ निकै हेन्डसम लाग्छ', आँचलले भनेकी छिन्, 'सलमान खान र उहाँ उस्तै लाग्छ ।'

आँचललाई धेरैले पललाई धोका दिएको भन्दै गाली गरिरहेका छन् । यस विषयमा पनि आँचलले प्रष्ट पारेकी छिन् । उनले भनेकी छिन्, 'हाम्रो प्रेम नै थिएन । त्यो माथी कसरी भन्न सक्नुहुन्छ कि मैले नै धोका दिएको हो । न उहाँको पनि अर्को छ कि ! त्यसमा कसले सोच्नुभएको छ ?' इन्स्टामा पनि पलले आँचललाई अनफलो गरेको आँचलले बताएकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि