जेठ ०३, २०८१, बिहीबार
               

प्रेम र रोगको लुकामारीबीच सुन्दरीको दुखद अन्त्य

एजेन्सी
चैत २२, २०७६

ADVERTISEMENT

एजेन्सी । सन् १९४९ अप्रिल ४ मा भारतको जूनागढमा परवीन बाबीको जन्म भयो ।

माता पिताको विवाहको १० वर्षपछि परवीन जन्मिएकी थिइन् ।

जब उनी १० वर्षकी थिइन्, उनको पिताको मृत्यु भयो ।

पारिवारिक पृष्ठभूमि केही नभए पनि उनी ७० को दशक (गोल्डेन इरा) मा बलिउड इन्डष्ट्रिकी चर्चित अभिनेत्री बन्न सफल भइन्  ।

त्यस समयमा बढी पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा उनी पनि थिइन् ।

परवीनले ७० को दशकमा ठूला स्टारहरुसँग काम गरिन् । उनले अमिताभ बच्चनसँग ८ वटा फिल्ममा काम गरिन् । 

अमिताभसँग उनको पहिलो फिल्म निकै हिट भएको थियो । फिल्मको नाम थियो, मजबूर । 

तर, यो पनि भनिन्छ कि, यी तिनै अमिताभ हुन् जसमाथि परवीनले आरोप लगाएकी थिइन् कि, अमिताभले मलाई मार्न चाहन्छन् र मेरो पछि परेका छन् ।
  
तर अमिताभ मात्र होइन परवीनले हरेक पुरुषको बारेमा यस्तै सोच्ने गर्दथिन् । उनी एक रोगबाट ग्रसित थिइन् ।

उनको मनमा यती इनसिक्योरिटी थियो कि जब मिडियाकर्मी उनको अन्तर्वार्ता लिन आउँथे, तब उनले पहिले आफ्नो खाना उनीहरुलाई चाख्न लगाउँथिन्, कतै खानामा विष मिलाइएको त छैन भनेर ।

दिनहरु बित्दै गए परवीनको हालत बिग्रदै गयो । परवीन तीन जनासँग गहिराे रिलेशनमा रहिन् ।

तर, कसैसँगको रिलेशन पनि सफल हुन सकेन । जसकारण उनी भित्रबाट निकै कमजोर हुँदै गइन् ।

परवीन कबीर बेदीसँग रिलेशनमा थिइन् । प्रोतिमा बेदीलाई छाडेर कबीरले परवीनसँग सम्बन्ध बनाएका थिए । 

त्यसपछि जब प्रोतिमाले दुवै जनासँग भेट गरिन्, तब उनी हैरान भइन् । कबीरले परवीनलाई पनि छाडिदिन्छ भन्ने डर प्रोतिमालाई थियो । भयो त्यस्तै ।

महेश भट्ट र परवीनबीच भेटघाट भएको समयमा परवीन सुपरस्टार थिइन् । दुबैजनाबीच गहिरो प्रेम सम्बन्ध थियो ।

जब महेशले परवीनको बिमारीको बारेमा थाहा पाए, तब उनी परवीनदेखि टाढा भए । महेश विवाहित समेत थिए ।

परवीन डेनी डेन्जोप्पासँग पनि रिलेशनमा रहिन् ।

तर डेनीसँग पनि परवीनको सम्बन्ध टिक्न सकेन ।

यसैबीच, सन् २००५ जनवरी २० मा मुम्बईमा परवीनको मृत्यु भयो । 

जब उनको मृत्यु भयो त्यसको तेस्रो दिन मात्र छिमेकीलाई थाहा भयो । र छिमेकीले प्रहरीलाई जानकारी गराए ।

यति बोल्ड, सफल र सुन्दर अभिनेत्रीको यसरी दुखद अन्त्य भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि