बैशाख २२, २०८१, शनिबार
               

सलमानले 'राधे' चलचित्रका प्राविधिकलाई दिए पारिश्रमिक

नेपाल फ्ल्यास
चैत २१, २०७६

ADVERTISEMENT

बलिउड नायक सलमान खानको चलचित्र 'राधे- मस्ट वान्टेड भाइ'को छायांकन रोकिएको छ । कोरोनाको त्रासका कारण चलचित्रको छायांकन हुन सकेको छैन । 

यस्तैमा नायक सलमान खानले आफ्नो चलचित्रका प्राविधिकलाई पारिश्रमिक दिएका छन् । उनले आफ्नो चलचित्रमा आबद्ध भएका सम्पूर्ण प्राविधिकको बैंक अकाउन्टमा पैसा हालिदिएका हुन् । 

सलमानले २५ हजार मजदुरलाई सहयोग गर्ने वाचा गरेको बेला आफ्नो चलचित्रसँग सम्बन्धित रहेका प्राविधिकहरुको अवस्था बुझेर नै उनीहरुलाई सहयोग गर्न लागेको बताएका छन् । 

सलमानले गरेको सहयोगलाई लिएर चलचित्रका प्राविधिकहरुले सलमानको मुक्तकण्ठले प्रशंसा गरेका छन् । धेरैले सलमानले गरेको सहयोग बिर्सिन नसक्ने भएको बोलेका छन् ।


कस्तो लाग्यो ?

यो पनि