बैशाख २३, २०८१, आइतबार
               

प्राविधिकहरुलाई ५ लाख सहयोग गर्ने पलको घोषण

नेपाल फ्ल्यास
चैत २१, २०७६

ADVERTISEMENT

नायक पल शाहले चलचित्र प्राविधिकहरुलाई सहयोग गर्ने भएका छन् । कोरोनाको कारण कामबिहिन बनेका प्राविधिकहरुलाई पलले सिहयोग गर्न लागेका हुन् ।

सामाजिक संजालमा उनले लेखेका छन्, 'विपन्न तथा आर्थिक स्थिति कमजोर रहेका प्राविधिक तथा सहयोगीहरुको जनजीवन सहज बनाउनको लागि मैले सहयोगको घोषणा गर्दछु । मेरो व्यक्तिगत तर्फबाट पहिलो चरणमा ५ लाख रुपैयाँ सहयोग गर्नेछु ।'

पलले यस रकम आफैँ प्राविधिकहरुको हतसम्म पुर्‍याउने बताएका छन् । उनले यस कार्यमा प्राविधिक संघको सहयोगको अपेक्षा गरेका छन् । 
विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्नको लागि नेपाल अहिले पूर्ण लकडाउनमा छ । चलचित्रजन्य क्रियाकलापहरु रोकिएका छन् । चलचित्रमा दैनिक काम गरेर गुजारा चलाउने प्राविधिकहरुलाई अहिले निकै संकट परिरहेको छ ।

त्यसैले पनि अहिले चलचित्रकर्मीहरु सहयोगमा जुटिरहेका छन् । चलचित्र 'छक्का पञ्जा' टिमले पनि प्राविधिकहरुलाई १ लाख १० हजार सहयोगको घोषणा गरेका छन् । नायिका वर्षा राउतले पनि ५० हजार सहयोग गरेकी छिन् । 

चलचित्र प्राविधिक संघका अध्यक्ष पनि यो अवस्थामा सबैले सहयोग गर्नुपर्ने बताउँछन् । उनी आफैँ सहयोग माग्न जुटिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि