बैशाख २५, २०८१, मंगलबार
               

वर्षा सिवाकोटीले गरिन् एक लाख सहयोग

नेपाल फ्ल्यास
चैत १६, २०७६

ADVERTISEMENT

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले राहत कोष खडा गरेको छ । जसमा नायिका वर्षा सिवाकोटीले एक लाख रुपैयाँ सहयोग गरेकी छिन् । 

वर्षाले सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै आफूले सहयोग गरेको जानकारी दिएकी छिन् । उनले लकडाउनको चपेटामा परी दैनिकी गुजारा गर्न नपाएका व्यक्तिहरुको लागि सहयोग गरेको बोलेकी छिन् । 

उनले लेखेकी छिन्, ‘मेरो इच्छा छ कि, यो पैसा दैनिक काम गरेर जीवन गुजारा गर्नेहरुलाई जावोस् । आफैँलाई त्यहाँ गएर राहत दिने रहर भएपनि यस्तो अवस्थामा सरकारले गरेको लकडाउनलाई पालाना गरेर बाहिर निस्किने अवस्था छैन । त्यसैले सरकारबाट नै त्यो सहयोग होस् ।’

वर्षाले अहिलेको अवस्थामा पनि दिनरात मेहनत गरिरहेका स्वस्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई पनि विशेष धन्यवाद लेखेकी छिन् । 

वर्षाले जस्तै लो गायक बद्री पंगेनीले ५० हजार र गायक प्रकाश सपुतले २ लाख सहयोग गरेका थिए । कलाकार संघ नेपालले पनि उक्त कोषमा आर्थिक सहयोग गरेको छ ।

यो पनि