बैशाख २५, २०८१, मंगलबार
               

वर्षालाई किन लाग्यो चीन घुम्ने रहर ?

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

नायिका वर्षा सिवाकोटी अहिले होम क्वारेन्टाइनमा बसिरहेकी छिन् । माहामारीको रुपमा फैलिरहेको कोरोनाबाट बच्नको लागि उनी आफैँ क्वारेन्टाइनमा बसिरहेकी छिन् ।

घर बस्दा वर्षा सामाजिक संजालमा निकै सकृय हुन्छिन् । कोरोनाको विषयदेखि आफ्नो व्यक्तिगत कुराहरु पनि उनले सामाजिक संजालमार्फत् आफ्ना शुभचिन्तकहरुलाई जानकारी दिइरहेकी हुन्छिन् । 

यस्तैमा, वर्षाले आफूलाई चीन घुम्न जान मन लागेको फेसबुकमा लेखेकी छिन् । उनले लेखेकी छिन्, ‘सोचिरहेको छु, यो कोरोनाको टेन्सन सकियोस् । ७ दिन बिदा लिएर घरमा नै आराम गरुँ । अनि भ्याकेसनको लागि चीन घुम्न जाऊँ ।’

कोरोनाको कारण अहिले सम्पूर्ण कलाकारहरु बेरोजगार भएका छन् । उक्त कोरोनाको उत्पति चीनबाट नै भएको हो । कोरोनाले चीनमा गरेको असर बुझ्न हो वा चीनले गर्दा पाएको दुःख भुलाउन हो, वर्षालाई चीन घुम्ने रहर पलाएको छ ।

यो पनि