बैशाख २४, २०८१, सोमबार
               

सेल्फ क्वारेन्टाइनमा रेखा: खाना पकाउनेदेखि भाडा माझ्नेसम्म

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

नायिका रेखा थापा अहिले होम क्वारेन्टाइनमा छिन् । उनी घरमा एक्लै छिन् । आमा विराटनगर पुगेकाले रेखा अहिले एक्लै परेकी छिन् । 
कोरोनाको त्रास बढेपछि रेखाले आफूलाई सहयोग गर्न राखेको दिदीलाई पनि बिदा गरिदिएकी छिन् । त्यसैले अहिले रेखालाई दुःख बढेको छ ।

रेखा आफ्नो लागि आफैँ काम गर्न थालेकी छिन् । कोठा सफा गर्ने, पकाउने, भाडा माझ्ने । यी सबै काम रेखाको थाप्लोमा आइपुगेको छ । रेखा भन्छिन्, 'अहिले आफ्नो लागि आफैँ काम गरिरहेको छु । अहिले बल्ल बुझेको छु कि, काम गर्ने दिदीलाई निकै गाह्रो रहेछ ।'

आफ्नो काम गर्दा गर्दै रेखाको दिन बितिरहेको छ । आफ्नो दिन बितेको रेखाले पत्तो नै पाइरहहेकी छैनन् । 'काम गर्न थालियो भने के गरेर दिन बिताउने सोच्नु नै नपर्ने रहेछ । काम गर्दा गर्दै दिन बित्छ', रेखाले सुनाइन् ।

आफ्नो काम सकेर फुर्सद मिल्यो भने रेखा सामाजिक संजाल हेर्न थाल्छिन् । सामाजिक संजालमा आएका विश्वस्निय समचारहरु पढ्छिन् । राम्रो र प्रेरणादायी समचार छ भने आफ्नो शुभचिन्तकहरुको लागि सेयर गर्छिन् ।

रेखा भन्छिन्, 'क्वारेन्टाइनमा म एक्लै भएपनि बोर भएको छैन ।'


कस्तो लाग्यो ?

यो पनि