बैशाख २४, २०८१, सोमबार
               

कपिल शर्माले गर्ने भए ५० लाख सहयोग

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

कोरोनाको कारण भारतमा निकै ठुलो प्रभाव परेको छ । भारतिय सरकारले २१ दिनको लकडाउन घोषणा गरेको छ । अहिले धेरै भारतियको अवस्था नाजुक बन्दै गएको छ ।

अझ मजदुरी गरेर खानेहरुको अवस्था त दयानिय नै छ । त्यो अवस्था देखेर धेरै बलिउडकर्मीहरुले ती मजदुरहरुको लागि सहयोगको घोषणा गरिरहेका छन् । 

यस्तैमा, कलाकार तथा ‘द कपिल शर्मा शो’का होस्ट कपिल शर्माले प्रधानमन्त्री राहत कोषमा ५० लाख जम्मा गरिदिएका छन् । उनले समस्यामा परेकाहरुको लागि सहयोग गर्ने इच्छाले पैसा जम्मा गरिदिएको बताएका छन् । 

उनले सामाजिक संजालमा पोष्ट गर्दै ५० लाख सहयोग गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘अहिले जो पिडामा हुनुहुन्छ उहाँहरुलाई हाम्रो आवाश्यकता छ । ती व्यक्तिहरुसँग हातेमालो गर्ने समय भएकाले मैले सहयोग गरेको हुँ ।’

कपिलको ठुलो दिलको अहिले सर्वत्र तारिफ भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि