बैशाख २४, २०८१, सोमबार
               

रहिनन् निम्मी, ८८ वर्षको उमेरमा मृत्यु

एजेन्सी
चैत १३, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड अभिनेत्री निम्मीको ८८ वर्षको उमेरमा मृत्यु भएको छ ।

बलिउडकी चर्चित अभिनेत्री निम्मीको मुम्बइस्थित सरला नर्सिङ होममा उपचारको क्रममा बुधबार साँझ ६ बजे मृत्यु भएको हो ।

उनी केही महिनादेखि बिरामी थिइन् । निम्मी १६ वर्ष बलिउड फिल्म इण्डष्ट्रिमा सक्रिय रहिन् । 

निम्मी सन् १९४९ देखि १९६५ सम्म बलिउडमा सक्रिय थिइन् ।

त्यस समयमा उनी निकै चर्चित तथा सफल अभिनेत्री थिइन् । निम्मीको खास नाम नवाब बानो थियो । 

उनले एस अली राजासँग विवाह गरेकी थिइन् । एस अली राजाको सन् २००७ मा मृत्यु भएको थियो ।

खबरअनुसार उनले नवाब बानोको नाम परिवर्तन गरेर निम्मी राखेकी थिइन् । 

राजपूरले निम्मीलाई बलिउडमा डेब्यू गराएका थिए । निम्मीले फिल्म 'बरसात'बाट बलिउडमा पाइला टेकेकी थिइन् । 

उक्त फिल्म निकै हिट भएपछि निम्मीले थुप्रै फिल्लमा अफर पाएकी थिइन् । उनले आन, उडन खटोला, भाई भाई, कुन्दन, मेरे महबूब लगायतका फिल्ममा काम गरेकी छन् । 

दिलीप कुमारदेखि लिएर राज कपूर, अशोक कुमार, धर्मेन्द्र लगायतका अन्य स्टारहरु पनि निम्मीको साथमा काम गर्न निकै उत्सुक हुन्थे ।

निम्मीको मृत्युपछि बलिउडकर्मीहरुले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । चर्चित फिल्म निर्देशक महेश भट्टले पनि ट्विटमार्फत निम्मीलाई श्रद्धाञ्जली दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि