बैशाख २५, २०८१, मंगलबार
               

घरको खाना खाएर शरीर बिग्रिने टाइगरको चिन्ता

नेपाल फ्ल्यास
चैत १२, २०७६

ADVERTISEMENT

बलिउड नायक टाइगर श्राफको शरीरिक सुठगनको धेरैले तारिफ गरिरहेका हुन्छन् । ‘बाघी ३’ चलचित्रमा उनले प्रदर्शन गरेको शरीरको धेरैले तारिफ गरेका थिए । अहिले टाइगरलाई आफ्नो शरीर बिग्रिनेमा डर सुरु भएको छ ।  

कोरोनाको कारण टाइगर अहिले आफ्नो क्वारेन्टाइनमा बस्दै आएका छन् । उनले अहिले परिवारलाई समय दिन पाएका छन् । आफ्नो आमा-बुबा र बहिनीसँग उनले समय बिताइरहेका छन् । 

घरमा बस्दा खाने र सुत्ने बाहेकको काम नभएकाले आफ्नो शरीर बिग्रिने डरमा छन्, टाइगर । उनले भनेका छन्, ‘मेरो काम भनेको खाने र सुत्ने मात्र भएको छ । खाने र सुत्नेमात्र कामले म मोटाइरहेको छु ।’

घरमा पाकेको चिल्लो, पिरो जे पनि खाइरहेका छन् टाइगर । उनले भने, ‘मैले बार्ने गरेको छैन । जे पाकिरहेको छ त्यहीँ खाइरहेको छु ।’


कस्तो लाग्यो ?

यो पनि