बैशाख २५, २०८१, मंगलबार
               

रोकिने भयो ‘नेपाल आइडल’को प्रशारण

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

गायक रियालिटी शो ‘नेपाल आइडल-सिजन ३’को प्रशारण रोकिने भएको छ । कोरोनाको त्रासका कारण नेपाल सरकारले गरेको ‘लक डाउन’को प्रभावले नेपाल आइडलको प्रशारण रोकिएको हो । 

सरकारले गरेको लकडाउनलाई सहयोग गर्दै अवस्था सामान्य नहुञ्जेलसम्मका लागि नेपाल आइडलको प्रशारण रोकिएको निर्देशक सुरेश पौडेलले बताए । यस साताको बिहीबार निर्णायकको केही सन्देश र प्रतिस्पर्धीलाई शुभकामना मात्र दिइने छ ।

प्रतिष्पर्धीलाई आइतबार नै आ-आफ्नो घर फर्काइएको छ । प्रतिष्पर्धीहरुले पनि कोरोनाको त्रासमा राम्रो प्रस्तुती र प्रतियोगिता गर्न नसक्ने भन्दै उनीहरुलाई आइडल टिमले घर पठाएको हो । 

नेपाल आइडल अहिले टप ४ प्रतियोगीमा आइपुगिसकेको छ । आगमी एपिसोडमा वाइल्ड कार्ड इन्ट्रिको प्रस्तुती दिने पालो थियो । तर, उक्त एपिसोड नै प्रशारण नहुने भएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि