बैशाख २३, २०८१, आइतबार
               

कोरोना प्रभाव : घरमा भाँडा माझ्दै कैटरिना

एजेन्सी
चैत ११, २०७६

ADVERTISEMENT

कोरोना भाइरसको संक्रमण भारतमा फैलिरहेको बेला बलिउड नायिका कैटरिना कैफ घरायसी काममा व्यस्त छिन् ।

नायिका कैटरिना पनि मुम्बईस्थित आफ्नै घरमा क्वारेन्टाइनमा छिन् । बढ्दो प्रकोपका कारण भारतका अधिका‌ंश भाग लकडाउन भएका छन् । यस्तो अवस्थामा फिल्म उद्योग ठप्प । सुटिङको चिन्ता छैन । उनलाई पनि समय व्यवस्थापनको तनाव छैन ।

यति बेला बलिउड कलाकारहरू आफ्नै निवासमा समय बिताइरहेका छन् । सङ्क्रमणबाट आफू पनि जोगिन र अरूलाई पनि जोगाउन उनीहरू घरमै कैद भएका छन् । कैटरिनाले हालसालै इन्स्टाग्राममा आफूले भाडा माझिरहेको भिडियो हालेकी छन् ।

कैटरिना खाली समयमा वर्कआउट पनि गर्छिन् । अनि अरू घरायसी काम पनि । केही दिनअघि उनले गिटार बजाउँदै गरेको भिडियो पनि  सार्वजनिक गरेकी थिइन् ।

कैटरिनाले भिडियोमा सहयोगीहरू पनि सेल्फ आइसोलेसनमा गएको उल्लेख गर्दै दिदी र आफू मिलेर भाडा माझ्ने गरेको जनाएकी छन् । उनले भाडा माझ्न पनि व्यावसायिक तालीम हुन आवश्यक ठानेकी छन् । कैटरिनाले सुरुमा प्रत्येक थाली साबुन पानीले धोएर त्यसपछि र्‍याकमा थन्काउने सोचेको थिइन् । तर पछि सबै भाँडाकुँडा साबुन पानीमा डुबाउने अनि एक एक गरेर धुन उचित हुने ठानेकी छन् ।

कैटरिनाको भाडा माझ्ने काम देखेर बलिउड कलाकारहरूले टिप्पणी गरेका छन् । अर्जुन कपुरले ठट्टा गर्दै लेखेका छन्- 'मेरो घरको कन्तविजोक छ । मेरो घरमा तिमीलाई स्वागत छ ।'

त्यस्तै सुनिल ग्रोवरलगायतले कैटरिनाको कामबारे टिप्पणी गरेका छन्- 'यो विधि क्रान्तिकारी हो। '

 


कस्तो लाग्यो ?

यो पनि