जेठ ०३, २०८१, बिहीबार
               

कोरोनाको त्रास: रोकियो चलचित्रको छायांकन

नेपाल फ्ल्यास
चैत १०, २०७६

ADVERTISEMENT

कोरोनाको त्रासका कारण छायांकनमा रहेका सम्पूर्ण चलचित्रको छायांकन स्थगन भएको छ । चलचित्र ‘ए मेरो हजुर ४’, ‘परदेशी २’ र ‘२ नम्बरी’ले आफ्नो छायांकन स्थगन गरेका हुन् । 

सरकारबाट २५ जना भन्दा बढि भेला नहुनु र चलचित्रजन्य क्रियाकलाप रोक्न दिएको आदेशलाई शिरोपर गर्दै चलचित्रको छायांकन रोकिएको चलचित्रकर्मीहरुले बताइरहेका छन् । आफ्नो स्वस्थ्यलाई पनि विचार पुर्‍याउँदै चलचित्रको छायांकन रोकिएको हो । 

चलचित्र ए मेरो हजुर ४ ले शुक्रबारबाट नै आफ्नो छायांकन रोक्यो । परदेशी २ ले शनिबारबाट छायांकन स्थगित गर्‍यो भने २ नम्बरी टिमले आइतबारबाट छायांकन रोकेको छ । ए मेरो हजुर ४ को विदेशमा हुने भनिएको छायांकन पनि स्थगित भएको छ ।

निर्देशक झरना थापाले फेसबुकमा स्टाटस लेख्दै चलचित्रको छायांकन रोकिएको र विदेश छायांकन पनि नहुने जानकारी दिएकी हुन् । 

उता, २ नम्बरी निर्देशक दीपेन्द्र लामा त्रासमा काम गर्न नसकिने भन्दै चलचित्रको छायांकन रोकेको बताउँछन् ।

परदेशी २ को छायांकन स्थगित गरेर नायिका वर्षा सिवाकोटी, केकी अधिकारी र नायक प्रकाश सपुत सेल्फ क्वारेन्टाइनमा बस्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि