जेठ ०३, २०८१, बिहीबार
               

गाउँ जानेलाई कलाकारकाे सुझाब– राजधानी नै सुरक्षित

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

अहिले कोरोनाले पूरा विश्व आतंकित बनिरहेको बेला त्यसबाट नेपाल पनि अछुतो बनेको छैन । 
कोरोनाको प्रभाव नेपाली चलचित्र क्षेत्रमा पनि परेको छ । हल बन्द भएका छन् भने छायांकनमा रहेका चलचित्रको छायांकन पनि स्थिगत छन् ।

यस्तैमा नेपाली कलाकारहरुले कोरोनाको विषयमा मुख खोलेका छन् । उनीहरुले आफ्नो शुभचिन्तकहरूलाई सुरक्षित रहनको लागि भिडियोमार्फत सामाजिक संजालमा सद्रददेश हेका छन् । राजेश हमालदेखि अनु शाहसम्मले आफ्ना शुभचिन्तकको लागि भिडियो सन्देश दिएका छन् ।

राजेश हमालले लाइभ गर्दै कोरोनाबाट बच्नको लागि सतर्कता अपनाउनुबाहेक अन्य कुनै उपाय नभएको बताएका छन् । यसको उनै औषधी पत्ता नलागेकोले सबै जनाले सतर्कता अपनाएर बस्नुपर्ने उनको भनाई छ ।

राजेश कोरोनाको कारण आफ्नो दैनिकी पनि परिवर्तन भएको बताउँछन् । उनले भने, ‘अहिले म पूर्ण रुपमा घरमा नै बसिरहेको छु । राजेशले हातको काम निकै हुने भएकाले हात निरन्तर धुनु पर्ने बताएका छन् । 

हात मिलाउने वा अंकमाल गर्ने काम रोक्दै आफ्नै संस्कारको ‘नमस्कार’लाई प्राथमिकता दिन पनि राजेशले सुझाएका छन् । उनले भने, ‘हाम्रो नमस्कारको संस्कार निकै राम्रो छ यसमा सम्मान पनि पाइन्छ ।’

त्यस्तै, नायिका रेखा थापाले पनि कोरोनाबाट बच्नको लागि आफू नै सचेत हुनुपर्ने बोलेकी छिन् । उनले भिडियो सन्देशमा भनेकी छिन्, ‘कोरोनासँग बच्ने मुख्य आधार भनेको सावधानी हो । हामीले यो समय सरकारले दिएको आदेशलाई स्विकार गर्दै त्यसलाई पालना गरियो भने हामी सुरक्षित हुन सक्छौँ ।’

अभिनेता तथा निर्माता दीपकराज गिरी पनि कोरोनाबाट बच्नको लागि आफू सर्तक रही सरसफाईलाई नै विशेष ध्यान दिनुपर्ने बताउँछन् ।

दीपक अहिलेको समय हरेकलाई अवसर भएको बताए । आइतबार बिहान फेसबुक लाइभ गर्दै उनले भने, ‘हामी कामको शिलशिलामा परिवारबाट निकै टाढा भएका हुन्छौँ । परिवारलाई समय दिन भ्याएका पनि हुदैनौँ । यो समय आफ्नो परिवारलाई दिनुस् । परिवारसँग सुरक्षित भएर बस्नुस ।’

त्यस्तै निर्देशक दीपाश्री निरौलाले २० देखि ३० सेकेन्डसम्म मज्जाले हात धुन, घरबाट निस्किदा र घर फर्केपछि स्यानीटाइजरको प्रयोग गर्न, मास्क लगाउन र भरसक भिडभाडमा नजान आग्रह गरेकी छिन् ।

नायिका वर्षा सिवाकोटी, केकी अधिकारी, स्वस्तिमा खड्का, अनु शाह, संगीतकार अर्जुन पोखरेल लगायतले पनि सर्तक रहन र सुरक्षित बस्नको लागि अनुरोध गर्दै भिडियो पोष्ट गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि