जेठ ०३, २०८१, बिहीबार
               

एसिड पिडित मुस्कानको विषयमा चलचित्र बनाउदै रिमत

नेपाल फ्ल्यास
चैत ०८, २०७६

ADVERTISEMENT

नायक रमित ढुंगानाले एसिड पिडित मुस्कान खातुनको विषयमा चलचित्र निर्माण गर्ने भएका छन् । मुस्कानको जीवनीमा आधारित रहेर उनले चलचित्र ‘मुस्कान’ निर्माण गर्न लागेका हुन् । 

चलचित्रको निर्देशन तथा लेखन शिवम् अधिकारीले गर्न लागेका हुन् । उनले भने, ‘मुस्कानले भोग्नु परेको पिडालाई हामीले चलचित्रको पर्दामा देखाउन लागेका हौँ । चलचित्रबाट एसिड आक्रमण नगर्ने सन्देश पनि हामीले दिनेछौँ ।’

चलचित्रको लागि कलाकारको छनोट भइरहेको निर्माता ढुंगानाले बताए । उनले भने, ‘हामीलाई मुस्कान जस्तै केटी चाहिएकाले उसैको खोजीमा छौँ ।’ 

कोरोनाको त्रासका कारण चलचित्रको छायांकन सुरु नभएको रमितले बताए । उनले भने, ‘कोरोनाको डर हट्ने बित्तिकै हामीले छायांकन सुरु गर्नेछौँ ।’ चलचित्रको छायांकन विरगञ्जमा हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि