जेठ ०४, २०८१, शुक्रबार
               

रोकियो ‘ए मेरो हजुर ४’ को छायांकन

नेपाल फ्ल्यास
चैत ०७, २०७६

ADVERTISEMENT

चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ । फैलिदै गएको कोरोनाको त्रासका कारण सरकारले २५ जना भन्दा बढि भेला हुने कुनै पनि काम नगर्न आदेश दिएको थियो । सरकारले दिएको आदेशलाई स्विकार गर्दै चलचित्र निर्माण पक्षले छायांकन स्थगन गरेको हो ।

सरकारले अर्को सुचना नदिएसम्म चलचित्रको छायांकन रोकिएको निर्देशक झरना थापाले बताएकी छिन् । चलचित्रको छायांकन रोकिदा प्रविधिक तथा कलाकारमा पर्न गएको असरमा निर्माण पक्षले क्षमा मागेको छ । 

तीन सातादेखि पोखरामा चलचित्रको छायांकन चलिरहेको थियो । यो चलचित्रको छायांकन नेपालसँगै यूरोप र ओमानमा पनि हुने बताइएको छ । 

सुनिल कुमार थापाको निर्माण रहेको चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रको प्रदर्शन मिति आउँदो बर्षको दशैंलाई तोकिएको छ ।


कस्तो लाग्यो ?

यो पनि