जेठ ०४, २०८१, शुक्रबार
               

निर्भया घटनाका दोषीलाई फाँसी दिएपछि किन भड्किइन् प्रीति ?

नेपाल फ्ल्यास
चैत ०७, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतकी छोरी निर्भयालाई सात वर्षपछि न्याय मिलेको छ ।
 
छोरीले न्याय पाएपछि निर्भयाका आमाका आँखाबाट खुशीको आँसु झर्न रोकिएको छैन ।

निर्भयाले न्याय पाएकोमा सबै जनता खुशी छन् । सामाजिक सञ्जालमा पनि यही विषयले उच्च स्थान पाएको छ ।

न्याय त मिल्यो तर धेरै समय लाग्यो, निकै लामो र कठोर संघर्षपछि निर्भयाले न्याय पाएकी छिन् ।

यसैबीच, यसै घटनालार्य लिएर बलिउड अभिनेत्री प्रीति जिन्टाले आक्रोश पोखेकी छिन् ।

निर्भया बलात्कार र हत्या घटनाका दाषीलाई फाँसी दिइएकोमा उनले खुशी व्यक्त गरेकी छिन् तर उनी आक्रोशित पनि छिन् ।

दोषीलाई ढिला सजाय भएकोमा उनी रिसाएकी हुन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै प्रीतिले आफ्नो रिस पोखेकी हुन् ।

उनले लेखकी छिन्, 'यदि निर्भयाका दोषीलाई २०१२ मा फाँसीको सजाय हुन्थ्यो त, महिलाविरुद्ध भइरहेका हिंसाका घटनामा कमी आउने थियो ।'

उनले अगाडि लेखेकी छिन्,  'कानुनदेखि मानिसहरु डराउने थिए । अब समय आएको छ, भारत सरकारले केही कडा कदम उठाउनेछ ।'

निर्भयालाई ढिलै भए पनि न्याय मिलेकोमा उनले खुशी व्यक्त गरेकी छिन् । निर्भया र उनकी आमालाई अब भने बल्ल शान्ति मिलेको उनले बताएकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि