जेठ ०४, २०८१, शुक्रबार
               

छायांकन रोक्ने पक्षमा छैनन् चलचित्रकर्मी !

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

कोरोनाको सन्त्रासले नेपाल पनि 'सट डाउन'को अवस्थामा पुगिसकेको छ । चलचित्र हलदेखि खेलकुद मैदान, जिम सेन्टरसम्म बन्द भइसकेका छन् । २५ जना भन्दा बढि भेला नहुन सरकारले आदेश दिएको छ । 

तर, हाल छायांकनमा रहेका चलचित्र भने सुटिङ रोक्ने पक्षमा छैनन् । उच्च सामधानी अपनाएर चलचित्रको छायांकन निरन्तर गर्ने चलचित्रकर्मीको भनाई छ ।

छायांकनरत चलचित्र 'ए मेरो हजुर ३'का निर्माता सुनिल कुमार थापा विशेष सामधानीका साथ चलचित्रको छायांकन गर्ने बताउँछन् । लगानी धेरै भइसकेकाले छायांकन नरोक्ने उनको भनाई छ । 

त्यस्तै 'परदेशी २' चलचित्रका निर्देशक नारायण रायमाझी पनि चलचित्रको छायांकन रोकिहाल्ने अवस्थामा छैनन् । गाउँ भेगमा चलचित्रको छायांकन भइरहेकाले रोकिहाल्नु पर्ने अवस्था नरहेको उनको भनाई छ ।

एक साता अगाडि निर्देशक दीपेन्द्र लामा टिम लिएर '२ नम्बरी'को छायांकनको लागि कास्की पुगेका छन् । उनी पनि अहिले नै चलचित्रकोफ छायांकन नरोक्ने बताउँछन् । गाउले भु-भागमा छायांकन भइरहेकाले चलचित्रको छायांकन नरोक्ने उनको भनाई छ । 

त्यस्तै चलचित्र 'डेसन'को पनि अहिले धमाधम छायांकन चलिरहेको छ । यस चलचित्रमा निर्माण पक्ष पनि छायांकन रोक्ने पक्षमा छैनन् । 

कोरोनाको सन्त्रास बढिरहेको समयमा यी चलचित्रले आफ्नो स्वस्थ्यलाई ख्याल नगरी चलचित्र खिच्न व्यस्त बनिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि