जेठ ०३, २०८१, बिहीबार
               

घरमा के गरिरहेकी छिन् दीपिका ?

एजेन्सी
चैत ०६, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसको कारण बलिउड फिल्म इण्डष्ट्रि अहिले सुनसान बनेको छ । 

फिलम हल बन्द भएका छन् । फिल्मका सुटिङ सबै रोकिएका छन् । इभेन्टहरु स्थगित गरिएको छ । बलिउड स्टारहरु अहिले घरमै समय बिताउन बाध्य भएका छन् ।

सधैं फिल्मको काममा व्यस्त रहने अभिनेत्री दीपिका पादुकोण अहिले आफ्नै घरको सरसफाइ र सेल्फ केयरमा व्यस्त छिन् ।

छपाक अभिनेत्री दीपिकाले हालै सामाजिक सञ्जालमा आफ्नो नयाँ तस्विर शेयर गरेकी छिन् । तस्विरमा उनी फेस मसाज गरिरहेकी छिन् ।

तस्विर शेयर गर्दै उनले लेखेकी छिन्, सिजन १, एपिसोड २ । कोभिढ १९ को समयमा पोडक्टिभिटी, योसँगै उनले ह्यासट्यागमा सेल्फ लभ तथा सेल्फकेयर उल्लेख गरेकी छिन् ।

यसअघि उनले घरको सफाइ गरिरहेको तस्विर शेयर गरेकी थिइन् ।

दीपिका यसअघि फ्रान्समा आयोजित पेरिस फेसन विक कार्यक्रममा सहभागी हुने तय भएको थियो । तर कोरोना भाइरस संक्रमणको डरले उनले पेरिस यात्रा रद्द गरिदिएकी थिइन् ।

मार्च ३१ सम्म फिल्मका सुटिङहरु सबै बन्द भएसँगे उनी अहिले घरमै परिवारसँग टाइम पास गरिरहेकी छिन् ।

दीपिका रणवीर सिंहसँग फिल्म ८३ मा देखिदैछिन् । फिल्ममा दीपिका कपिल देवकी श्रीमती रोमी भाटियाको भूमिकामा देखिनेछिन् ।

View this post on Instagram

#Cannes2018

A post shared by Deepika Padukone (@deepikapadukone) on


कस्तो लाग्यो ?

यो पनि