जेठ ०३, २०८१, बिहीबार
               

आलियाकी आमाले शेयर गरिन् एयरपोर्टको भिडियो, पछि मागिन् माफी

एजेन्सी
चैत ०६, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि भारतका एयरपोर्टमा विशेष स्वास्थ्य जाँच भइरहेको छ ।

यसैबीच, यसैसँग सम्बन्ति एक भिडियो बलिउड अभिनेत्री आलिया भट्टकी आमा सोनी राजदानले सामाजिक सञ्जालमा शेयर गरिन् ।

भिडियोमार्फत उनले यात्रुहरुले झेल्नुपर्ने समस्याको बारेमा बताउन चाहेकी थिइन् । तर, सामान्य विचार नपुर्याउँदा उनले फेल खाइन् । 

पछि उनले माफी माग्दै आफ्नो पोस्ट डिलिट गर्न बाध्य भइन् ।

उनले शेयर गरेको भिडियोमा एयरपोर्टमा रहेका यात्रुले ड्युटीमा रहेका एयरपोर्टका कर्मचारी र प्रहरीलाई गाली गरिरहेका थिए ।

भिडियो शेयर गर्दै सोनीले लेखेकी थिइन्, 'नयाँ दिल्ली इन्टरनेसनल एयरपोर्ट टि-३ मा आजको अवस्था । यहाँ आउने सबै यात्रुको पासपोर्ट लिइरहेका छन् र तबसम्म फिर्ता गरेका छ्रनन् जबसम्म सबै जाँच पूरा हुँदैन । भारतीय नागरिकलाई पनि बाहिर निस्कन दिइएको छैन । यात्रुहरु चिच्याइरहेका छन् कि, 'हामीलाई मारिदेउ ।'

दिल्ली एयरपोर्टले दियो जवाफ 

सोनीको उक्त ट्विट पछि दिल्ली एयरपोर्ट अथोरिटीले आफ्नो अफिसियल ट्विटर ह्याण्डलमार्फत जवाफ दिएको छ ।

जहाँ लेखिएको छ, डियर म्याम, 'यो भिडियो अहिलेको हेइन, पूरानो हो । अहिले यो अवस्था छैन, सबै पक्रिया सुव्यवस्थित र सामान्य छ । हामी निकै समन्वयका साथ काम गरिरहेका छौं । यात्रुलाई सकेसम्म कम भन्दा कम असुविधा होस् भन्नेमा हामी सचेत छौं ।'

ट्रोल हुन थालेपछि माफी 

सोनीको ट्विट हेरेर मानिसहरुले ट्रोल बनाउन थाले । त्यसपछि उनले अर्को ट्विट गर्दै माफी माग्न बाध्य भइन् । 

उनले लेखेकी छिन्, 'उक्त भिडियोको लागि म इमान्दारीसँग माफी माग्न चाहन्छु । कृपया उक्त पोष्टको लागि मलाई माफ गरिदिनुहोस् ।'


कस्तो लाग्यो ?

यो पनि