जेठ ०४, २०८१, शुक्रबार
               

'चपली हाइट ३'मा बोल्ड सुपुष्पा

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

चलचित्र 'चपली हाइट ३' मा नायिका सुपुष्पा भट्टलाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ । बुधबार सार्वजनिक भएका तस्विरहरुले पनि सुपुष्षाको बोल्ड अवतारलाई प्रष्ट्याएको छ ।

सार्वजनिक तस्विरमा सुपुष्पा स्विमिङ पुलमा देखिएकी छिन् । जहाँ उनी बिकिनी सहित प्रस्तुत भएकी छिन् । निलो विकिनीमा उनलाई हट देख्न सकिन्छ ।

चपली हाइटको पहिलो सिरिजमा नायिका विनिता बराल र दोस्रोमा परमिता आरएल राणा बोल्ड अवतारमा प्रस्तुत भएका थिए । यसपटक सुपुष्पा बोल्ड अवतारमा प्रस्तुत भएकी छन् ।

अर्जुन कुमारको लगानी रहेको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेको छन् । चलचित्रमा सुपुष्पासँगै स्वस्तिमा खड्का, महेश त्रिपाठी, आमिस गौतम, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।

चैत २८ गते रिलिज हुने भनिएको यस चलचित्र चलचित्र हल बन्द हुने भएपछि अनिश्चित समयको लागि स्थागन भएको छ ।


कस्तो लाग्यो ?

यो पनि