जेठ ०३, २०८१, बिहीबार
               

४८ जना बालबालिकासँग आँचलले काटिन जन्मदिनको केक

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

नायिका आँचल शर्मा २४ वर्षमा लागेकी छिन् । चैत ५ गते बुधबार परेको जन्मदिन उनले खास रुपमा मनाइन् । उनी गोकर्णमा रहेको एक बाल गृहमा पुगेर जन्मदिन मनाएकी छिन् ।

गत वर्ष जन्मदिन मनाएको ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’मा नै पुगेर त्यहाँका ४८ जना बालबालिकासँग आँचलले केक काटेकी थिइन । नायिका शर्माले बालबालिकाहरुलाई खानेकुरा पनि वितरण गरेकी थिइन् । 

उनले त्यहाँ चामल, दाल, तरकारी लगायतका खाद्यान्न पनि सहयोग गरिन् । आँचलले उक्त केन्द्रलाई १ लाख १० हजार रकम समेत सहयोग गर्ने बचन दिएकी छिन् । 

हालै बिबाह बन्धनमा बाँधिएकी आँचल आफ्नो श्रीमान उदिप श्रेष्ठ र बाबु–आमासँग त्यहाँ पुगेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि