जेठ ०३, २०८१, बिहीबार
               

डेढ महिना सिनेमा हल बन्द हुने, पछि हटे यी चलचित्र

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

नेपाल सरकारले डेढ महिना सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । चैत ५ गते बुधबार उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समिती’ले बैठक राखेर उत निर्णय गरेको हो । समितिले अप्रिलको ३० सम्म सिनेमा हल बन्द गर्ने आदेश दिएको छ । 

यस बीचमा रिलिजको तयारीमा रहेका केही चलचित्रले आफ्नो रिलिज मिति सारिसकेका थिए । केही पर्ख र हेरको अवस्थामा थिए । सरकारबाट नै हल बन्द गर्ने आदेश आएपछि सम्पूर्ण चलचित्र पछि हटेका छन् । 

फागुन ३० मा रिलिज हुने भनिएको 'म यस्तो गीत गाउँछु २', चैतको ७ गते रिलिज हुने भनिएको चलचित्र 'नीरफूल', चैत २१ लाई रिलिज मिति पक्का गरेको 'लक्का जवान' र चैतक २८ गते रिलिज हुने चलचित्र 'माइकल अधिकारी'को प्रदर्शन स्थगन भइसकेको थियो । 

चैत २८ मा नै रिलिज हुने भनिएका २ चलचित्र ‘चपली हाइट ३' र 'प्रेमगीत ३’ सोही मितिमा आउने सोचमा थिए । तर, सरकारको निर्णयपछि यी दुई चलचित्र पनि पछि हट्न बाध्य भएका छन् । 

यस्तै, बैशाखको १२ गतेलाई रिलिज मिति तय गरिएको चलचित्र ‘लप्पन छप्पन २' र 'हिजो आजका कुरा’को पनि प्रदर्शन मिति पछि सर्ने निश्चित नै भएको छ ।

कोरोनाकै कारण यस वर्ष रिलिज हुन नपाएका चलचित्रहरु अर्को वर्ष रिलिज हुदाँ लिज मिति किचलो हुने देखिन्छ ।


कस्तो लाग्यो ?

यो पनि