जेठ ०४, २०८१, शुक्रबार
               

आइसोलेशनमा छिन् सोनम (भिडियो)

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुर कोरोना भाइरसको त्रासबीच लण्डनबाट भारत फर्किएकी छिन् ।

सोनमले भारत आउनुअघि समाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै आफू श्रीमान् सहित भारत आउन लागेको बताएकी छिन् । 

उनले भनेकी छिन्, ‘म आफ्ना श्रीमान्सहित भारत जाँदै छु । घर जान म निकै आतुर छु । लभ यू अल ।’

भारतको एयरपोर्टमा ल्याण्ड गरेपछि उनले भारतीय सरकार र कोरोनाविरुद्ध लड्नका लागि अपनाइएको तयारीको तारिफ समेत गर्न भ्याएकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Love you too Queen !❤️ @sonamkapoor via her insta stories ✨ // #sonamkapoor

A post shared by Sonam K Ahuja (@sonamkapoorpedia) on

सोनमले भनेकी छिन्, ‘एयरपोर्टमा विभिन्न स्थानमा परीक्षण भयो ।’ 

एयरपोर्टबाट घर पुगेपछि सोनम परिवारसँगै बसेकी छिन् तर आफू घरकै आइसोलेशनमा बस्ने निर्णय लिएकी छिन् ।

अहिले अधिकांश बलिउड कलाकार भाइरसबाट बच्नका लागि आफ्नो घरमै बसिरहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि