जेठ ०३, २०८१, बिहीबार
               

भोइस अफ नेपालले नक्कली कागजपत्र बनाएको खुलासा

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

काठमाडौं । भोइस अफ नेपालले नक्कली कागजपत्र बनाएको खुलासा भएको छ । पहिलो सिजन समाप्त भएको दुई वर्ष बढी भइसक्यो । तर, सहभागीहरूले अझै सम्झौता बमोजिम पारिश्रमिक नपाएको गुनासो आइरहेको छ ।

अन्तिम चार प्रतिस्पर्धीमध्येका दुई प्रतियोगी श्रीजय थपलिया र सप्तक दूतराजले मंगलबार बिहान आ–आफ्नो फेसबुक पेजमा ‘खुल्ला पत्र’ पोष्ट गर्दै सम्झौता बमोजिमको रकम नपाएको गुनासो गरेका छन् ।

अन्तिम चार प्रतिस्पर्धीको नाताले यी दुईले १६ डिसेम्बर २०१८ मा लागु हुनेगरी व्यवस्थापन पक्षसँग सम्झौता गरेका थिए ।

१५ डिसेम्बर २०१९ मा समाप्त हुने यो सम्झौतापत्रको दोस्रो बुँदामा सम्झौता अवधिभर शीर्ष चारजनालाई काठमाडौंमा खाने बस्ने व्यवस्था आयोजकले नै गर्ने लेखिएको छ ।

काठमाडौंमा घर हुनेहरू पनि आयोजकले तोकेको स्थानमा नै बस्नुपर्ने र जे जति खर्च हुन्छ, त्यो सबै आयोजककै थाप्लोमा जाने उल्लेख छ । तर, आयोजकले खानेबस्ने व्यवस्था नगरेको श्रीजयको दाबी छ ।

दोस्रो बुँदामा मासिक एक लाख रुपैयाँ तलब दिइने उल्लेख छ । त्यस हिसाबले १२ महिनाको १२ लाख आउनुपर्छ । तर, श्रीजय र सप्तकले अहिलेसम्म ५० हजार रुपैयाँ मात्रै पाएको दाबी गरेका छन् । 


 


कस्तो लाग्यो ?

यो पनि