काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी हालै वैवाहिक जीवनमा बाँधिएका छन् ।
आयुष्मान र प्रियंका अहिले जीवनको नयाँ चरणमा प्रवेश गरेका छन् । उनीहरुले आफ्नो जीवनलाई प्रेममय बनाइरहेका छन् ।
तीन वर्षअघि सुटिङको क्रममा एक अर्कालाई भेटेका उनीहरु त्यसको केही हप्तामै प्रेम सम्बन्धमा रहँदै आएका थिए ।
एक वर्षअघि इंगेजमेन्ट गरेका उनीह गत फेब्रुअरी २७ (फगुन १५) गते विवाह बन्धनमा बाँधिएका हुन् ।
प्रियंकाले आफ्नो जन्मदिनको अवसर पारेर फेब्रुअरी १७ मा लगनगाँठो कसेकी हुन् ।
भेटको तीन वर्षमा आफूहरु ठूलो हुँदै गएको र समयसँगै आफूहरु परिवर्तन भएको प्रियंकाले केही दिनअघि उल्लेख गरेकी थिइन् ।
तर यो बीचमा एउटा कुरा कहिले पनि परिवर्तन नभएको उनले दाबी गरेकी छिन्, म अहिले पनि हरेक बिहानी तिम्रो प्रेममा डुब्ने गर्छु । अझै गहिराइको साथमा ।’ प्रियंकाले आफ्नो ‘प्रिय श्रीमान्’ लाई सधैं यसरी नै माया गर्ने र यो (माया) कहिल्यै परिवर्तन नहुने उनले बताएकी छिन् ।
प्रियंकाले हालै सामाजिक सञ्जालमा विवाहपश्चातको विदाइको केही तस्विर शेयर गरेकी छिन् । उनले विदाईपछि फेब्रुअरी २८ मा आफूहरु बुढानिलकण्ठ मन्दिर गएको र फेरि रिसेप्सन पार्टीको लागि पार्क भिलेजमा फर्किएको उनले बताएकी छिन् ।
आफूहरु त्यस रात पार्क भिलेजमै बसेको र भोलिपल्ट (फेब्रुअरी २९ मा) वास्तविक विदाइ भएको र आफूले (गृह प्रवेश गरेको) नयाँ घर पाएको दिन सम्झदै उनले तस्विरहरु शेयर गरेकी हुन् ।