जेठ ०४, २०८१, शुक्रबार
               

डरलाग्दो भाइरसमा आधारित १० फिल्म, जो फेरि भए भाइरल (कथा/भिडियो)

एजेन्सी
चैत ०४, २०७६

ADVERTISEMENT

एजेन्सी । विश्वभर अहिले कोरोना भाइरसको महामारी फैलिरहेको छ । कोरोना भाइरस नियन्त्रणको लागि विभिन्न देशले विभिन्न उपाय अबलम्बन गरेका छन् ।

अहिले संसरारभर त्रासको रुपमा फैलिएको यस भाइरस इन्टरटेन्मेन्ट दुनियाको लागि भने नौलो विषय होइन । 

केही फिल्ममेकर्सहरुले आफ्नो स्क्रिप्ट तथा फिलमको माध्यमबाट दर्शकको लागि कोरोनाभाइरस जसता डरलाग्दो स्वास्थ्य समस्याका बारेमा फिल्म बनाइसकेका छन् ।

ब्लाइन्डनेस (२००८)

सन् २००५ मा आएको नवेलमा आधारित ब्लाइन्डनेस अंग्रेजी थ्रिलर फिल्म हो । फिल्ममा ह्वाइट सिकनेसको महामारीलाई प्रस्तुत गरिएको छ । यस फिल्मको कहानी कोरोना भाइरससँग मिल्दोजुल्दो छ । फिल्ममा एक व्यक्तिले अचानक आँखाको दृष्टि गुमाउँछन् (उनले खदेख्न सक्दैनन्) । उनलाई उपचार गर्ने चिकित्सक पनि पछि आँखा नदेख्ने हुन्छ । दुनियाभर यो प्रकोप फैलिन्छ । फिल्मम जुलियन मुर तथा मार्क रफेलो लगायतको अभिनय छ ।

 

कन्टेजियन (२०११)

स्टिवन सोडरबर्गले निर्देशन गरेको यस फिल्म कोरोना भाइरसको महामारी झल्काउने सफल फिल्म मानिएको छ ।

अहिले सामाजिक सञ्जालमा यस फिल्मको निकै चर्चा चल्न थालेको छ । फिल्मका लिड एक्ट्रेस ग्वेनेथ पल्ट्रो अज्ञात रोगका साथ एक ट्रिप (यात्रा) बाट फर्किन्छिन् । 

केही दिनपछि उनको मृत्यु हुन्छ । त्यसको केही समयमा उनको छोरीले पनि ज्यान गुमाउछिन् ।

सुनसान एयरपोर्ट, सडकलगायतका फिल्मका दृश्यले अहिलेको कोरोनाको महामारीको झल्को दिन्छ ।

 

चिल्ड्रेन अफ म्यान (२००६)

ओस्कार अवार्ड बिजेता निर्देशक अल्फान्जो कुरोनको फिल्म चिल्ड्रेन अफ म्यानमा सन् २०२७ को हालत (अवस्था) प्रस्तुत गरिएको छ । 

फिल्मको कथाअनुसार, १८ वर्षदेखि अज्ञात रोगका कारण कोही महिलाले पनि बच्चा जन्माउन सक्दैनन् । जसका कारण दुनियामा मानज जातिको अस्तित्व लोप हुने संघारमा पुग्छ । 

सन् २००७ मा यस फिल्म ओस्कार अवार्डको लागि तीन विधामा मनोनित भएको थियो ।

 

द थ्व (२००९)

आर्कटिक रिसर्च सेन्टरमा काम गर्ने चार जना इकोलोजी रिसर्ज स्टुडेन्ड्सको कथामा यो फिल्म आधारित छ ।

उनीहरुले पत्ता लगाउँछन् कि, दुनियाको ग्लोब वार्मिङको कारण हिउँ पग्लिएर कुनै खतरा उत्तपन्न हुँदैन । तर, हिउँमा प्यारासाइट पनि जमेको हुन्छ जसबाट दुनियामा भहामारी फैलिन सक्छ ।

 

पोन्टिलुप (२००८)

आन्टारियोको पोन्टिलुपमा एक रेडियो प्रस्तोताले आफ्ना स्रोतालाई एक भाइरसको बारेमा चेतावनी दिन्छन् । उक्त भाइरस पूरै शहरमा फैलिसकेको हुन्छ । यस फिल्मको निर्देशन ब्रुस म्याडानल्डले गरेका हुन् ।

 

क्वारेन्टाइन (२००८)

फिलमको कहानीअनुसार, केही पत्रकार लस एन्जलसमा फायर क्रुको साथ रातभरि काम गर्न जान्छन् । एक एमरजेन्सी फोन कलपछि एउटा अपार्टमेन्टसम्म पत्रकार पुग्छन् । जहाँ पहिल्यै देखि प्रहरी तैनाथ रहेको हुन्छ । पछि सबैलाई थाहा हुन्छ बिल्डिङमा अन्जान भाइरसबाट पीडित एक महिला बसिरहेकी हुन्छिन् ।

 

आउटब्रेक (१९९५)

बाँदरबाट फैलिने एक भाइरसको कथामा यो फिल्म आधारित छ । अफ्रिकन फरेस्टबाट ल्याइएको बाँदरको कारण भाइरस फैलिन्छ । भाइरस नियन्त्रणको लागि वैज्ञानिकहरु निकै मिहेनत गर्छन् ।

 

द एन्ड्रोमेडा स्ट्रेन (१९७१)

एरिजोना टाउन नजिक एक स्याटेलाइट दुर्घटना हुन्छ । उक्त दुर्घटनापश्चात मानिसहरु अचानक मर्न थाल्छन् । वैज्ञानिकहरु स्याटेलाइटमार्फत धर्तीमा फैलिएको भाइरससँग लड्नको लागि कोशिश गर्छन् । १९७२ मा यस फिल्म ओस्कार अवार्डको लागि दुई विधामा मनोनित भएको थियो ।

 

पानड्यामिक (२०१६)

यस फिल्म जोम्बी भाइरसको कथामा आधारित छ । भाइरसको कारण मर्नेको संख्या बढ्दै जान्छ । भाइरस फैलिएपछि जोम्बी सडकमा घुमिरहन्छ । जसलाई नियन्त्रण गर्नको लागि चिकित्सक तथा रेस्क्यू टिम संघर्ष गरिरहन्छन् ।

 

द हट जोन (२०१९) 

६ एपिसोडको यस टेलिभिजन सिरिजमा १९८९ को समयको कहानी देखाइएको छ । वैज्ञानिकहरुले वाशिङटनस्थित रिसर्च ल्याबमा चिन्पान्जीमा इबोला भाइरस भेट्छन् । फिल्ममा मानिसलाई बचाउनको लागि वैज्ञानिक तथा आर्मीहरुले गरेको संघर्ष देखाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि