जेठ ०३, २०८१, बिहीबार
               

सबैभन्दा धेरै कमाउने अभिनेत्री, कहाँ-कहाँबाट हुन्छ आम्दानी ?

एजेन्सी
चैत ०२, २०७६

ADVERTISEMENT

एजेन्सी । आलिया भट्ट बलिउड इण्डष्ट्रिमा चर्चित नाम हो । पछिल्लो समय बलिउड बजारमा उनको चर्चा चुलिदै गएको छ । आज मार्च १५, आलियाको जन्मदिन हो । 

ताजा रिपोर्ट अनुसार, आलिया बलिउड अभिनेत्रीमा सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्री हुन् ।

आलियाले फिल्म अभिनयका साथै अन्य तरिकाबाट पनि पैसा कमाउने गर्छिन् । उनी राम्रो अभिनेत्री मात्र नभएर एक बिजनेशपर्सन पनि हुन् ।

कति कमाउछिन् ?

फोर्ब्सले जारी गरेको २०१९ को टप १०० सेलिब्रेटीको सूचीमा आलिया आठौं स्थानमा छिन् । र अभिनेत्रीको सूचीमा उनी पहिलो नम्बरमा छिन् ।

आलियाले पछिल्लो वर्ष ५९.२१ करोड (भारु) कमाएकी थिइन् । यस्तै सन् २०१८ मा आलियाले ५८.८३ करोड कमाई गरेकी छिन् ।

View this post on Instagram

☂️☀️

A post shared by Alia ☀️ (@aliaabhatt) on

फिल्म

आलियाको सबैभन्दा बढी कमाई फिल्मबाट हुन्छ । २०१९ मा उनको दुई फिल्म रिलिज भयो जसअन्तर्गत गली ब्वाय निकै सफल रह्यो । आलियाले फिल्म अनुसार आफ्नो पारिश्रमिक लिने गर्छिन् ।

View this post on Instagram

💗

A post shared by Alia ☀️ (@aliaabhatt) on

स्टार्टअप

आलियाले फिल्मबाट आएको कमाईका अलावा केही स्टार्टअप्समा पनि लगानी गर्ने गरेकी छिन् । हालै उनले फेशन टेक स्टार्टअपमा लगानी गरेकी छिन् ।

View this post on Instagram

my resting face 🙃

A post shared by Alia ☀️ (@aliaabhatt) on

युट्युब च्यानल

आलिया आफ्नो युट्युब च्यानलमा पनि अपडेट रहन्छिन् । उनको च्यानलमा १.३३ मिलियन सब्सक्राइब छ । उनको एक भिडियोको भ्युज ३० लाख देखि ५० लाखसम्म हुने गरेको छ । युट्युबबाट पनि आलियाले राम्र्रै कमाइ गरिरहेकी छिन् । आफ्नो च्यानलमा उनले आफ्नो फिटनेस, किचेनको भिडियो तथा ब्रान्डका प्रोमोशनल भिडियो शेयर गरिरहेकी हुन्छिन् ।

View this post on Instagram

🐠

A post shared by Alia ☀️ (@aliaabhatt) on

ब्रान्ड्स कन्ट्रयाक्ट

आलिया केही ब्रान्डमा समेत जोडिएकी छिन् । यसबाट पनि उनको राम्रो कमाई हुने गरेको छ । यसमध्ये केही ब्रान्डको लागि उनले विज्ञापन पनि गर्ने गर्छिन् । केही ब्रान्ड जस्तै, लेज, फ्रुटी उबर इट्स, फ्लिपकार्ट आदीमा उनको कन्ट्रयाक्ट छ ।

View this post on Instagram

🤷‍♀️

A post shared by Alia ☀️ (@aliaabhatt) on

इन्स्टाग्राम

सामाजिक सञ्जालको म्यानेजमेन्ट कम्पनी हापर्स एचक्यूले इन्स्टाग्राम रिच लिस्ट २०१९ (रिपोर्ट) जारी गरेको थियो । जसमा भनिएको थियो, सेलिब्रेटीले आफ्नो एक पोस्टको कति पैसा लिन्छन् । उक्त रिपोर्टअनुसार आलियाले इन्स्टामा प्रति पोस्ट १ करोड भारु लिने गरेकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि