जेठ ०४, २०८१, शुक्रबार
               

पूर्व मिस नेपाल उषा खड्गीको सम्बन्धबिच्छेद सम्भावना

नेपाल फ्ल्यास
चैत ०२, २०७६

ADVERTISEMENT

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको वैवाहिक सम्बन्धबिच्छेदको अवस्थामा पुगेको छ ।  यसबारे खड्गी आफैंले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेर मुख खोलेकी छन् ।

उनले आफ्नो आधिकारिक फेसबुकमा यसबारे जानकारी दिएकी हुन । उषाले शनिबार राती फेसबुकमा लेखेकी छन्, ‘यदि विवाहको १७ वर्षपछि पनि तपाईंकाे शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन, अब म भन्छु ‘नाईं’ ।’

उनले सबैलाई  सहयोग र मायाका लागि धन्यवाद  दिँदै लेखेकी छन्, ‘तपाईंहरूको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ, यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’

यसअघि उषा र जीपी दुबैले डिभोर्सको चर्चा हल्ला मात्रै भएको बताएका थिए । उषा र जीपीको एक टेलिभिजन कार्यक्रमका लागि भेट भएको थियो । उनीहरूको चिनजान १९ वर्ष पुरानो हो ।


 


कस्तो लाग्यो ?

यो पनि