जेठ ०३, २०८१, बिहीबार
               

कमेडी च्याम्पियनको टाइटल हिमेश पन्तले जिते

नेपाल फ्ल्यास
चैत ०१, २०७६

ADVERTISEMENT

धादिङका हिमेश पन्तले कमेडी च्याम्पियनको टाइटल जितेका छन् । शनिबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार उत्कृष्ट तीनमा पुगेका रोल्पाका खड्गबहादुर पुन र सुमन कोइरालालाई पछि पार्दै हिमेशले पहिलो कमेडी च्याम्पियन उपाधि हासिल गरेका हुन् । 

करिब ३ महिना अघिदेखि कान्तिपुर टेलिभिजनमार्फत प्रसारण भइरहेको नेपालकै पहिलो हाँस्यव्यंग्य रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा हिमेशले लजिकल कमेडियनको रुपमा आफ्नो परिचय बनाएका थिए। उनको प्रस्तुतिमा नेपालको समसामयिक राजनीतिक अवस्था र सामान्य नागरिकले भोग्नुपर्ने समस्यालाई स्ट्याण्ड अप कमेडीमार्फत जोडदार रुपमा उठाउँदै आएका थिए ।

रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा निर्णायक हैसियतमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र श्रृचा शर्मा रहेका छन् ।

उत्कृष्ट तीनमध्ये भोटिङका आधारमा हिमेश विजेता चुनिएका हुन् । उनले नगद २५ लाख र कार पुरस्कार प्राप्त गरेका छन् । उनले कमेडी च्याम्यिनको टिमसँग वर्ल्ड टुर गर्ने अवसरसमेत पाउनेछन् ।

यो पनि