जेठ ०३, २०८१, बिहीबार
               

प्रभाष र कट्रिनाको जोडी कति सम्भव ?

नेपाल फ्ल्यास
चैत ०१, २०७६

ADVERTISEMENT

अभिनेता प्रभाष नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । उनले नाग आश्विनको निर्देशनमा बन्न लागेको चलचित्रमा काम गर्न लागेका हुन् । 
यस चलचित्रमा आफ्नो जोडी बन्न प्रभाषले नायिका कट्रिना कैफलाई रोजेका छन् । निर्माण पक्षले सुनाएको केही नामहरुमा उनले कट्रिनालाई रोजेका हुन् । 

निर्माण पक्षले अहिलेसम्म कट्रिनासँग कुनै कुरा गरेको छैन । प्रभाषले रोजेपछि अब निर्माण पक्ष जोडतोडले कट्रिनालाई चलचित्रको लागि राजी गराउन लाग्नेछ । यदी कट्रिना चलचित्रको लागि राजी भइन् भने पर्दामा प्रभाष र कट्रिनाको नयाँ जोडी देखिने छ । 

प्रभाषले यसअघि पनि बलिउड नायिकासँग काम गरिसकेका छन् । उनले श्रद्धा कपुर, ज्यक्लिन फन्डान्टेज लगायत नायिकासँग स्कृन सेयर गरिसकेका छन् । अब उनी कट्रिनासँग जोडी बाध्ने सुरमा छन् ।

चलचित्र 'साहो' रिलिज पछि प्रभाष आफ्नै होम प्रोडक्सनबाट बनेको चलचित्र 'जान'को छायांकनमा छन् । रोमान्टिक जनरामा निर्माण भएको यस चलचित्रमा प्रभाषले नायिका पूजा हेग्डेसँग जोडी बाँधेका छन् ।


कस्तो लाग्यो ?

यो पनि