जेठ ०३, २०८१, बिहीबार
               

कमेडी च्याम्पियनको ग्रान्ड फिनाले आज

नेपाल फ्ल्यास
चैत ०१, २०७६

ADVERTISEMENT

काठमाडौं । कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले आज हुने भएको छ ।

नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले आज हुन लागेको आयोजकले जनाएकोछ । 

ग्रान्ड फिनाले होटल सोल्टी वा आर्मी अफिसर क्लब मध्ये एकमा हुने तयारी भए पनि विश्वभर सन्त्रास रहेको कोरोना भाइरसका कारण धेरै व्यक्ति उपस्थित हुने कुनै पनि कार्यक्रम नगर्न सरकारले आग्रह गरेपछि च्यासलस्थित आफ्नै स्टुडियोमा मै हुन लागेको बताइएको छ ।

ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् । सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् । 

निर्देशक विशाल भण्डारीका अनुसार  अपरान्ह ४ देखि ७ बजेसम्म ग्रान्ड फिनाले चल्ने छ । 

कोरोना भाइरसको प्रभावका कारण च्यासलस्थित स्टुडियो मै ग्रान्ड फिनाले गर्नुपर्ने भएकाले थोरै टिकट बिक्री गरिएको भण्डारीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि