जेठ ०३, २०८१, बिहीबार
               

'लप्पन छप्पन २'को 'झुसे बारुलो' सार्वजनिक

नेपाल फ्ल्यास
फागुन ३०, २०७६

ADVERTISEMENT

मुकुन्द भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘लप्पन छप्पन २’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको ‘झुसे बारुलो’ बोलको गीतमा मिस्टर आरजेको शब्द तथा संगीत रहेको छ । गीतमा आर्जन पाण्डे, विद्या तिवारी र मिस्टर आरजेको स्वर सुन्न सकिन्छ ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रमा मुख्य कलाकार सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही लगायतलाई फिचर गरिएको छ । भिडियोमा मोडल कविता नेपालीलाई पनि देखाइएकोल छ । 

बैशाख १२ गतेलाई रिलिज मिति पक्का गरेको चलचित्रमा शिव श्रेष्ठ, गोविन्द शाही, प्रकाश कुवँर, एन्जल श्रेष्ठ, शक्ति श्रेष्ठ, आना ढकाल, श्रृजना सिना लगायतको मुख्य भूमिका रहेको छ । 

मुकुन्द भट्ट, सुनिल न्यूरे, अमित शर्माले लेखेको चलचित्रलाई चीजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र, सुदिपचन्द्र भाक्रेल, सन्तोष चन्द्र भाक्रेलले निर्माण गरेका हुन । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा हिमाल केसीको द्वन्द्व, किङ योगीको करियोग्राफी तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

यो पनि