बैशाख २४, २०८१, सोमबार
               

‘सेन्टी भाइरस’ आउट, हलमा ‘आमा’ को राज

नेपाल फ्ल्यास
फागुन ३०, २०७६

ADVERTISEMENT

गत फागुन ९ गतेबाट प्रदर्शनमा आएको हास्यकलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अभिनीत फिल्म ‘सेन्टी भाइरस’ शुक्रबारबाट राजधानीमा सञ्चालित मल्टीप्लेक्सहरूबाट उत्रिएको छ ।

तेस्रो हप्तासम्म हलमा टिकेको यो फिल्मलाई चौथो हप्ताबाट मल्टीप्लेक्सहरूले उतारेका हुन् । यसको कारण फिल्मको व्यापार दिनानुदिन कमजोर हुनुलाई मानिएको छ । प्रदर्शनको दुई दिन फिल्मले आक्रामक व्यापार गरेको थियो । तर, समीक्षकबाट मिलेको खराब प्रतिक्रियाले आइतबारबाट फिल्मले कमाइमा उछाल कायम गर्न सकेन ।

फिल्मको आम्दानीको ५० प्रतिशत भरतपुरमा निर्माणाधीन क्रिकेट रंगशालामा खर्च गर्ने घोषणा गर्दा पनि कमजोर ‘वर्ड अफ माउथ’ का कारण ‘सेन्टी भाइरस’ ले दुई दिनबाहेक हलमा दर्शक ल्याउन असफल भयो । यो फिल्म बक्सअफिसमा कमजोर बन्दाको प्रत्यक्ष फाइदा दीपेन्द्र के। खनालको फिल्म ‘आमा’ लाई मिलेको छ । पब्लिसिटीकै कारण ‘आमा’ सफल भएको हो । 

तर, संसारभर फैलिएको कोरोना भाइरसका कारण अहिले यो फिल्मले पनि दर्शकको राम्रो साथ पाउन सकेको छैन । डब्लुएचओले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताएपछि केही दिनयता हलमा दर्शकको उपस्थिति न्यून छ । जसको असर ‘आमा’ को व्यापारमा परेको
छ ।

कोरोनाको त्रासका कारण यो हप्ता हलमा नयाँ नेपाली फिल्म छैनन् । यो शुक्रबारबाट फिल्म ‘म यस्तो गीत गाउँछु २’ आउँदै थियो । तर, कोरोनाकै कारण फिल्मको रिलिज स्थगित भयो । यद्यपि, शुक्रबारबाट नेपाली हलमा हलिउड फिल्म ‘ब्लड सट’ र बलिउड फिल्म ‘अंग्रेजी मिडियम’ प्रदर्शनमा आएका छन् । यी दुई फिल्मलाई शुक्रबार बिहान दर्शकको औसत साथ मिलेको छ ।


कस्तो लाग्यो ?

यो पनि