बैशाख २४, २०८१, सोमबार
               

आँचलको बिबाह सम्पन्न

नेपाल फ्ल्यास
फागुन २९, २०७६

ADVERTISEMENT

लामो समयदेखि प्रेममा रहेकी नायिका आँचल शर्मा बिबाह बन्धनमा बाधिएकी छिन् । बिहिबार प्रेमी उदीप श्रेष्ठसँग आँचलले बिबाह गरेकी हुन् । 

काठमाण्डौको एक होटलमा उनीहरुले भव्य रुपमा बिबाह गरेका हुन् । बिबाह समारोहमा आफन्त, साथीभाई र केही चलचित्रकर्मी उपस्थित थिए । 

उनीहरुले चैत १ गते पार्टी आयोजना गर्ने योजनाले उनीहरुले कम व्यक्तिलाई बिबाहमा बोलाएका थिए । आँचल र उदीपले गत १२ गते इन्गेजमेन्ट गरेका थिए ।

बेहुली बनेकी आँचल तस्विरमा निकै खुसी देखिएकी छिन् । उनले सामाजिक संजालमा केही फोटो सार्वजनिक गर्दै आफू अब पुर्ण रुपमा र सधैको लागि उदीपको भएको लेखेकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि