बैशाख २५, २०८१, मंगलबार
               

हंगामा २ बाट प्रणीताको डेब्यू

एजेन्सी
फागुन २९, २०७६

ADVERTISEMENT

एजेन्सी । साउथ इन्डियन इण्डष्ट्रिमा तमिल, कन्नड तथा तेलुगु फिल्ममा काम गरिसकेकी चर्चित अभिनेत्री प्रणीता सुभाष बलिउडमा डेब्यू गर्दैछिन् ।

प्रणीता फिल्म हंगामा २ बाट बलिउडमा डेब्यू गर्न लागेकी हुन् । यो फिल्म अगस्ट १४ मा रिलिज हुँदैछ ।

फिल्म हंगामा २ मा प्रणीता सँगै मीजान जाफरी, शिल्पा शेट्टी तथा परेश रावल मुख्य भूमिकामा रहनेछन् ।

हंगामा २ लाई प्रियदर्शनले निर्देशन गर्ने बताइएको छ । प्रियदर्शनले फिल्मको पहिलो पार्ट २००३ मा बनाएका थिए ।

सन् २०१० मा प्रणीताले कन्नड फिल्म पोर्कीबाट फिल्मी करियर सुरु गरेकी थिइन् ।

सन् २०११ मा तमिल फिल्ममा डेब्यू गरेकी प्रणीताले यही वर्ष तेलुगु फिल्ममा डेब्यू गरेकी थिइन् ।

फिल्म हंगामा २ पछि प्रणीता अजय देवगनको अपकमिङ फिल्म 'भुजः द प्राइड अफ इण्डिया'मा समेत देखिनेछिन् । फिल्ममा उनी अजय देवगनकी पत्नीको भूमिकामा देखिनेछिन् ।

प्रणीताले हालै अभिनेता आयुष्मान खुरानाको अपोजिटमा रहेर 'चन कित्था' बोलको गीत (म्युजिक भिडियो) मा देखिएकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि