बैशाख २४, २०८१, सोमबार
               

फागुन २९ गते लोकदोहोरी दिवस मनाउने निर्णय

नेपाल फ्ल्यास
फागुन २९, २०७६

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले २९ फागुनलाई लोकदोहोरी दिवसका रूपमा मनाउँने निर्णय गरेको छ ।

लोकदोहोरी क्षेत्रको मौलिक विकास र प्रवर्द्धन गर्नको लागि  दोहोरी गीत प्रतिष्ठानलले आगामी प्रत्येक वर्ष फागुन २९ गतेलाई लोकदोहोरी दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।

त्यसैको अवसर पारेर बिहीबार फागुन २९ गतेबाट प्रतिष्ठानको १९औँ वार्षिकोत्सव पनि केन्द्रीय कार्यालय टोखामा मनाउने भएको अध्यक्ष रमेश बिजीले जानकारी दिए ।

कलाकारलाई राष्ट्रका गहनाको रूपमा राज्यले हेरेकाले पनि मौलिक लोक संस्कृतिको विकास र प्रवर्द्धन गर्न प्रत्येक वर्ष फागुन २९ गतेलाई लोकदोहोरी दिवसका रूपमा मनाउने निर्णय गरिएको उनले जानकारी दिए ।

साथै, कलाकारिता भित्र भएका विभिन्न बिकृती र विसंगतिलाई नियन्त्रण गर्न प्रतिष्ठानले कदम अघि बढाएको अध्यक्ष बिजिले बताए । सो अवसरमा केक काटेर आगामी प्रत्येक वर्ष फागुन २९ गतेलाई लोकदोहोरी दिवसका रूपमा मनाउने गरी सुरुवात गर्न लागेको अध्यक्ष बिजीले बताए ।

चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रण गर्नको लागि सम्पूर्ण कलाकारहरूको सहभागितामा टोखाको प्रत्येक टोलमा सरसफाई कार्यक्रम गरिने  पनि उनले जानकारी दिए ।

कोरोना भाइरसले विश्वभर नै आतंक मच्चाएपछि विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोनाको उच्च जोखिम देशको सूचीमा राखेको छ ।

त्यसै कारण नेपाल सरकारले कुनैपनि मेला महोत्सव नगर्न, धेरैको भीडभाडमा नजान, आफ्नो सुरक्षामा सर्तकता अपनाउन नोटिस जारि गरेको छ । उक्त भाइरसबाट चिनलगायत विश्वभरि नै चार हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने धेरै मानिसहरू कोरोनाबाट संक्रमित भएका छन् ।

उक्त भाइरसकै कारण प्रतिष्ठानले आयोजना गरेको आगामी ७ देखि ११ गते चैतसम्म भृकुटीमण्डपमा हुने भनिएको ‘छैठौँ सिटी एक्प्रेस (रनिङ शिल्ड) खुल्ला राष्ट्रिय दोहोरी गीत प्रतियोगिता’ पनि स्थगित गरिसकेको छ ।

गत २४ गते बसेको केन्द्रीय समितिको बैठकले यस विषयमा सर्तकता अपनाउने भन्दै सो निर्णय गरेको हो । प्रेस बिज्ञप्ती जारी गर्दै अर्को सूचना जारी नभएसम्म उक्त कार्यक्रम स्थगित गरिएको जानकारी गराइएको छ ।

यो पनि