बैशाख १२, २०८१, बुधबार
               

किन भेटे निखिलले राजेशलाई ?

नेपाल फ्ल्यास
फागुन २८, २०७६

ADVERTISEMENT

नायक राजेश हमाल र निखिल उप्रेतीको भेटघाटको तस्विरलाई लिएर धेरै समचारहरु आइरहेका छन् । कतिपयले राजेश र निखिलबीच चलचित्रको लागि टिमअप हुन लागेको अनुमान समेत गरेका छन् ।

केही मिडियामा त राजेशले निखिलको चलचित्र ‘आयो भैरव’मा काम गर्न लागेको दावी गरेर समचार नै लेखेका छन् । निखिल राजेशलाई चलचित्रको अफर गर्नको लागि भेट्न पुगेका समचारमा लेखिएको छ । 

तर, निखिलले उक्त कुराको खण्डन गरेका छन् । उनले राजेशलाई चलचित्रको अफर गर्न नभेटेको बताएका छन् । उनले भनेका छन्, ‘यत्तिकै सामान्य भेटघाट भएको हो । चलचित्रमा काम गर्नको लागि अफर गर्न भेटेको होइन ।’

निखिल समचार पढेर आफू चकित भएको बताए । उनले थपे, ‘हाम्रो टिमअप हुन लागेको त मैले समचार पढेर मात्र थाहा पाएको हुँ । हाम्रो टिमअपको कुरा केही सत्य होइन ।’

निखिलको कुरा सुन्दा उनीहरुको टिमअप नहुने बुझिन्छ । तर, राजेश निकट स्रोतले भने त्यहाँ चलचित्रको विषयमा लामो कुराकानी भएको बताए । उनले भने, ‘यहाँ चलचित्रको कुरा भएको हो । तर, काम गर्ने नै भन्ने पक्का छैन । राजेशजी सकरात्मक भने हुनुहुन्छ ।’

निखिल र राजेशले एकसाथ धेरै चलचित्रमा काम गरिसकेका छन् । अहिले राजेश केही वर्षदेखि विश्राममा छन् । यदी राजेशले निखिलसँग सहकार्य गरे भने एउटा बलियो टिमअप हुनेछ । ‘आयो भैरव’लाई निखिल आफैँले निर्माण तथा निर्देशन गर्न लागेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि