बैशाख २३, २०८१, आइतबार
               

‘थप्पड’ निर्देशक सिंहाले गरे अपशब्दको गाली

नेपाल फ्ल्यास
फागुन २७, २०७६

ADVERTISEMENT

चलचित्र थप्पडका निर्देशक अनुभव सिंहाले पत्रकारलाई गाली गरेका छन् । उनले केही अपशब्द नै बोलेर पत्रकारलाई गाली गरेका हुन् । 

चलचित्र थप्पडले बक्स अफिसमा निकै कमजोर व्यापार गर्यो । चलचित्रले जम्मजम्मी २२ करोड मात्र कमाएको छ । सोही कुरालाई पत्रकारले समचार लेखे । तर, निर्देशक सिंहालाई उक्त कुरा चित्त बुझेन र अपशब्दको लागी पोखे ।

एक मिडियामा समचार आएको थियो, ‘थप्पडलाई दर्शकले हाने थप्पड’ । उक्त समचारले निर्देशक सिंहाको पारो ततायो । त्यसैले सिंहाले ट्विटरमा नै आफ्नो रिस पोखे । अपशब्द सहित उनले ट्विटरमा लेखेका छन्, ‘मेरो पैसा, मेरो चलचित्र । मेरो नाफा, मेरो घाटा । यसमा चासो राख्ने तँ को ? मैले तलाई सेयर दिनु पर्ने छैन होला । कि किनेको छस् ?’

सिंहाले अर्को पनि ट्विट गरेका छन् । त्यसमा उनले पुन: अपशब्द प्रयोग गरेका छन् । लेखेका छन्, ‘यो मान्छेलाई मैले भन्दा पहिला मेरो चलचित्रको कमाई पत्तो हुने रहेछ । मैले २-३ दिनमा पाउने उसले त्यहीँ दिन पाउने रहेछ ।’

चलचित्र थप्पडले राम्रो व्यापार गर्न नसके पनि समिक्षा भने राम्रो पाएको छ । चलचित्रमा तापसी पन्नुको मुख्य भूमिका रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि