बैशाख २४, २०८१, सोमबार
               

चलचित्र छोडेर मुम्बाई पुगिन् बेनिशा

नेपाल फ्ल्यास
फागुन २७, २०७६

ADVERTISEMENT

नायिका बेनिशा हमाल मुम्बाईमा छिन् । विगत ४ महिनादेखि उनी मुम्बाईमा बस्दै आएकी छिन् । त्यहाँ उनले चलचित्र सम्बन्धि अध्ययन गरिरेहकी छिन् । 

मुम्बईमा रहेको ‘एफएक्स स्कुल अफ फिल्म मेकिङ’मा उनले १५ महिने चलचित्र मेकिङ कोर्ष पढिरहेकी छिन् । उनी अब एक बर्ष मुम्बईमा नै रहने छिन् ।

चलचित्रमा अभिनयसँगै निर्देशनमा पनि रुची राख्ने बेनिशा आफू फर्केर चलचित्र क्षेत्रमा नै काम गर्ने बताउँछिन् । फर्केर कलाकार वा मेकर भएर काम गर्ने भन्ने विषयमा उनीले निर्णय लिइसेककी छैनन् । 

बेनिशा मुम्बाई जदाँ एक चलचित्र त्यागेर गएकी हुन् । उनले टुल्की नामक चलचित्रमा काम नगरेर मुम्बाई हानिएकी हुन् । अबको एक वर्ष उनले कुनै चलचित्रमा काम गर्ने छैनन् । 

चलचित्र ‘स्वर’बाट डेब्यु गरेकी बेनिशाले चलचित्र ‘ब्लाइन्ड रक्स’बाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत पाएकी थिइन् । 


कस्तो लाग्यो ?

यो पनि