बैशाख २३, २०८१, आइतबार
               

यौन प्रकरणले करियरमा ग्रहण लागेका बलिउड सेलिब्रेटी

एजेन्सी
फागुन २७, २०७६

ADVERTISEMENT

मोडल साइनी अहुजाले हजारो ख्वाहिशे ऐसी नामक चलचित्रमार्फत बलिउडमा डेब्यू गरेका थिए ।  ग्याङस्टार फिल्मको सफलतापछि उनी एकाएक ठूला सेलिब्रेटी बने । त्यसपछि वो लम्हे, लाईफ इन अ मेट्रो, भूल भुलैयाजस्ता हिट चलचित्र खेलेका अहुजाको करियर  २००९ मा बलात्कार आरोप लागेपछि एकाएक ओरालो लाग्यो । उनकै घरमा काम गर्ने एक कामदारले बलात्कारको आरोप लगाएकी थिइन् । कामदारका अनुसार श्रीमती घरमा नभएका बेला साइनीले उनलाई बलात्कार गथ्र्ये । डिएनए परीक्षणपछि २०११ मा यस प्रकरणमा उनलाई ७ वर्षको जेल सजाय भयो । 

२०१४ मा हैदरावादको बन्जारा हिल्समा एक सेक्स स्क्यान्डलमा श्वेता बासुको नाम जेडियो । उनी दुई महिनासम्म रेस्क्यू होममा बसेपछि घर फर्किइन् । यस विषयमा हैदरावादको अदालतले श्वेतालाई क्लिन चिट दिइसकेको छ । उनले मकडी, इकवाल, वाह लाइफ हो तो ऐसी जस्ता चलचित्रमा खेलेकी थिइन् । 

इन्दरकुमारमाथि सन् २०१४ को अप्रिलमा बलात्कारको आरोप लाग्यो । उनी सलमान खानसँग निकै नजिक थिए । यस आरोपपछि इन्दरकुमारलाई प्रहरीले पक्राउ गर्यो । उनी जमानतमा त्यतिबेलै रिहा भए । तर सलमानसँग वान्टेडमा काम गरेका इन्दरकुमार यस प्रकरणपछि फिल्मी दुनियाँबाट गायब भए । 

आदित्य पन्चोलीमाथि पनि यस्तै बलात्कारको मुद्दा लाग्यो । जतिबेला उनी पुजा वेदीसँग प्रेम सम्बन्धमा थिए । तर, बलात्कार प्रकणपछि पुजा बेदीले उनीसँगको सम्बन्ध नै टुंग्याइन् ।

अस्मित पटेल र रिया सेनको एमएमएस भाइरल बनेपछि दुबैको ठूलो बद्नामी भयो । उनीहरु अभिनित चलचित्र सिलसिले प्रदर्शनमा आउनुभन्दा ठीक दुई दिनअघि यो भिडियो सार्वजनिक भएको थियो । दुबै कलाकारले चलचित्रका लागि यस्तो आपत्तिजनक दृश्य दिनुपरेको बताएर पन्छन खोजे । भिडियोमा उनीहरु यौन क्रियाकलापमा मस्त थिए । 

२००५ मा शक्ती कपूरले पनि चलचित्र खेलाउनका लागि युवतीसँग फाइदा उठाउन खोजेको भिडियो सार्वजनिक भयो । उनले युवतीलाई फकाएर यौन क्रियाकलापमा सहभागि गराउन खोजेको विषय एक स्टिंग अपरेशनबाट सार्वजनिक भयो । त्यसपछि शक्तीको पनि बद्‍‍नाम भयो । 


कस्तो लाग्यो ?

यो पनि