बैशाख २५, २०८१, मंगलबार
               

पहाडमा सकियो, तराईमा मनाइँदै

नेपाल फ्ल्यास
फागुन २७, २०७६

ADVERTISEMENT

काठमाडौं । होली पर्व पहाडी भेगमा सकिए पनि तराईमा भने आज धुमधामसँग मनाइँदै छ । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा विभिन्न खालका रंङ लगाएर आज होली पर्व मनाउँदै छन् ।

परम्परागत रूपमा विभिन्न रङ लगाएर होली अर्थात् फागु पूर्णिमा मनाउँने चलन रहेको छ । सरकारले होली पर्वकै अवसरमा आज तराईका जिल्लामा बिदा दिएको छ । मिथिलाको प्रभाव क्षेत्रमा भने भोलि मात्रै मनाइँनेछ ।

फागु पुर्णिमाको अवसरमा आपसी सद्भाव, भ्रातृत्व र आत्मीयता अभिप्रेरित गर्ने यो पर्वमा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गरिन्छ ।


कस्तो लाग्यो ?

यो पनि