बैशाख २५, २०८१, मंगलबार
               

न्युड सिन नगर्ने कीराको घोषणा, यस्तो छ कारण

एजेन्सी
फागुन २६, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड अभिनेत्री तमन्ना भाटिया आफ्नो नो किसिङ पोलिसीलाई लिएर निकै चर्चामा रहन्छिन् । 

कुनै फिल्ममा साइन गर्नुअघि कन्ट्रयाक्टमा उनले फिल्ममा आफूले किस सिन नगर्ने घोषणा गर्छिन् । 

तमन्ना लगायत अन्य केही बलिउड स्टारले पनि यो पोलिसी अपनाएका छन् ।

यसैबीच, लोकप्रिय हलिउड अभिनेत्री कीरा नाइटले पनि हालै आफ्नो कन्ट्रयाक्टमा यो कुराको घोषणा गरेकी छिन् कि, 'अब कुनै पनि फिल्ममा म न्युड (नाङ्गो) सिन गर्दिन ।'

यसभन्दा अघिका केही फिल्ममा कीराले न्युड सिन दिइसकेकी छिन् । तर उनले फिल्मको क्रुको सामुन्ने न्युड सिन दिन चाहन्निन् ।

उनका अनुसार, अहिले न्युड सिन दिनु निकै गाह्रो कुरा भएको छ । 

इन्टरनेटमा विभिन्न सामाजिक सञ्जाल लोकप्रिय भइरहेको बताउँदै उनले भनिन्, 'सामाजिक सञ्जाल लोकप्रिय हुनुअघि फिल्ममा न्युड सिन गर्नु सामान्य थियो तर, अचेल फिल्मका त्यस्ता दृश्य पोर्न वेबसाइटसम्मप पुग्ने गरेको छ । त्यो मलाई सहज लाग्दैन ।'

यही कारणले गर्दा आफूले अबको फिल्ममा न्युड सिन नगर्ने उनले घोषणा गरेकी हुन् ।

कीरा अहिले दुई बच्चाकी आमा भइरसकेकी छिन् । उनले दुई वर्षको डेटिङपछि २०१३ मा जेम्स राइटनसँग विवाह गरेकी थिइन् । 

२०१५ मा पहिलो छोरीलाई जन्म दिएकी कीराले चार वर्षपछि दोस्रो छोरीलाई जन्म दिइन् ।

कीराले चर्चित फिल्ममा काम गरिसकेकी छिन् । लभ एक्चुएली, बिगिन अगेन, प्राइड एण्ड प्रिज्युडिस, पाइरेट्स अफ दि क्यारेबियनलगायतका फिल्ममा उनले काम गरिसकेकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि