बैशाख २४, २०८१, सोमबार
               

सधैं हाँसिरहने राजु लामा भन्छन् : सरल जीवन नै सहज लाग्छ

नेपाल फ्ल्यास
फागुन २५, २०७६

ADVERTISEMENT

पर्खाइमा, तिमीलाई देखेर, गाजलु टीका, उँभो–उँभो खासा, बादलपारिको देशबाट, हल्ला चलेछलगायत लोकप्रिय गीतका गायक राजु लामा आफ्नो सांगितक सफलतासँगै हँसिलो अनुहारका कारण पनि सबैको मनमा राज गर्न सफल छन् । राजुको बुझाईमा यो हाँसो गडगिफ्टेड नै हो ।

'म आफू र अरूलाई निराश बनाउँदिनँ । सकेसम्म हँसाउँछु । हिँड्दा गीत गुनगुनाउँछु । गायकका लागि रियाज पनि महत्वपूर्ण रहन्छ । निराशापन र नेगेटिभिटीबाट टाढा छु ,' राजु भन्छन् ।

उनी हाइकिङका साैखिन हुन् । समय मिलेसम्म हाइकिङ जान्छन् । त्यसैले ४२ वर्षको उमेरमा पनि फिट छन् । शिवपुरी डाँडा, नागार्जुन डाँडा, सुन्दरीजलपारि, चन्द्रागिरि, चित्लाङ, फुलचोकी, नगरकोट, साँखु, नमोबुद्धलगायत काठमाडौं नजिकका स्ठलमा हाइकिङ गर्दा एकान्त ठाउँ खोजेर घन्टौँ ध्यान गर्न पनि राजु पछि पर्दैनन् । स्टार हुनुका बाबजुद राजु सरल छन् ।

भागदौड गरेर मनमा अशान्ति मच्चाउनुको साटो शान्त जीवनयापन गर्न सहज लाग्‍ने उनी बताउँछन् । 


कस्तो लाग्यो ?

यो पनि