बैशाख २४, २०८१, सोमबार
               

प्रतिष्ठानको खुल्ला लोकदोहोरी प्रतियोगिता स्थगित

नेपाल फ्ल्यास
फागुन २५, २०७६

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको  खुल्ला राष्ट्रिय दोहोरी गीत प्रतियोगिता स्थगित भएको छ । आगामी चैत ७ गतेदेखि ११ गतेसम्म भृकुटीमण्डपमा हुने भनिएको ‘छैठौँ सिटी एक्प्रेस (रनिङ शिल्ड) खुल्ला राष्ट्रिय दोहोरी गीत प्रतियोगिता’ स्थगित गरिएको हो ।

चीनको उहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वभर नै आतंक मच्चाएपछि विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोनाको उच्च जोखिम देशको सूचीमा राखेको छ ।

त्यसै कारण नेपाल सरकारले कुनैपनि मेला महोत्सव नगर्न, धेरैको भीडभाडमा नजान, आफ्नो सुरक्षामा सर्तकता अपनाउन नोटिस जारि गरेपछि उक्त कार्यक्रम स्थगित गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजिले जानकारी दिए ।

शनिबार बसेको केन्द्रीय बैठकले यस विषयमा सर्तकता अपनाउने भन्दै सो निर्णय गरेको अध्यक्ष बिजिले बताए । शनिबारको बैठकबाट निर्णय भएपछि प्रेस बिज्ञप्ती जारी गर्दै अर्को सूचना जारी नभएसम्म उक्त कार्यक्रम स्थगित गरिएको जानकारी गराइएको छ ।


 

यो पनि