बैशाख १७, २०८१, सोमबार
               

‘नेपाल स्टार’ शनिबारबाट सुरु

नेपाल फ्ल्यास
फागुन २४, २०७६

ADVERTISEMENT

काठमाडौंः  ‘नेपाल स्टार’ सिङगिङ रियालिटी सो शनिबारबाट सुरु हुँदै छ । ‘हामी नेपाली, हाम्रो आवाज’ भन्ने नाराका साथ कार्यक्रमको तय केही समयअगाडि नै गरिएको हो ।

देशको सातैवटै प्रदेशमा अडिसन सम्पन्न भइसकेको छ । कार्यक्रममा निर्णायकका रूपमा संगीतकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्त रहनेछन् । 

सोका  विजेतालाई ३५ लाख नगद पुरस्कार प्रदान गरिनेछ । अन्तिम ४ प्रतिस्पर्धीलाई ५–५ लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

‘नेपाल स्टार’ले नेपालका ग्रामीण भेगमा रहेका गायन प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्ने बताइएको छ ।

कार्यक्रम आज शनिबार राति ९ बजेदखि नेपाल टेलिभिजनमा प्रशारण हुनेछ । आज सुरुको कार्यक्रम पोखरा अडिसनबाट सुरु हुन्छ । 


कस्तो लाग्यो ?

यो पनि